हाम्रो बारे

यस अनलाईनमा प्रकासन हुने हरेक सामग्रीमा पाठकहरुलाई केही भएन होइन, केही हुँदैछ भन्ने धारणाको विकास गराउनुु हाम्रो मुख्य कार्य हुनेछ । भएका कमिकमजोरी औँल्याउँदै सकारात्मक रुपान्तरणका लागि विकासका विषयमा वहस र पैरवी सुरुगर्नुपर्ने आजको मुख्य आवश्यकता हो ।

देशमा अहिले आशा, उर्जा, उत्साह र उमंग सहित सम्भव छ भन्ने भावनाको मनोवैज्ञानीक रुपमा विकास गराउनुपर्ने टड्कारो आवश्यकता खड्कीरहेको छ । बढे युवाशक्तिको पलायनसंगै नेपालमा सम्भावना छैन, केही हुँदैन, सकिँदैन भन्ने जस्तो निरासाका समाचार र सामग्रीहरु दैनिक मुख्य सञ्चार माध्ययममा आउनु हाम्रो लागि विडम्बना हो । यि र यस्तै कुराहरुलाई चिर्दै देशमा सम्भावनाको सन्देश फैलाउन आवश्यक छ । देशमा काम गरिरहेकाहरुलाई उर्जा, उमंग र उत्साह थप्न जरुरी छ । देशमा केही गर्ने हुटहुटी वोकेका युवा र उद्यमीहरुलाई उद्यमसंग सम्वीन्धत कुराहरुबा अझै बढि जानकारी दिएर सम्भावना सहितको जानकारीहरु दिनुपर्ने अहिलेको मुख्य आवश्यता हो ।

हामीले नगरे कस्ले गर्ने ? हामीले नसोचे कस्ले सोच्ने ? हामी नलागे को लाग्ने ? आशा, विश्वास, भरोसा, उर्जा, उमंग र सफलताका सकारात्मक सामग्रीहरुलाई हामीले यस अनलाईनमा भिडियो, अडियो तथा समाचार सामग्री मार्फत यहाँहरु समक्ष ल्याउने हाम्रो मुख्य ध्येय रहेको छ ।