ओखलढुङ्गा — नेपाल कृषि सहकारी केन्द्रीय संघ लिमिटेडको आयोजनामा ओखलढुङ्गा जिल्लाका दुई सहकारी संस्थामा हस्तान्तरण तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रम अन्तर्गत मोलुङ साना किसान कृषि सहकारी संस्था लिमिटेड, देउराली र ग्रामीण साना किसान कृषि सहकारी संस्था लिमिटेड, सिद्धिचरण नगरपालिका–१ बिगुटारमा सहकारी हस्तान्तरणसँगै “सहकारीमा उद्यमशीलता र पारदर्शिता : सहकारीको प्रतिबद्धता” विषयमा अभिमुखीकरण कार्यक्रम सम्पन्न […]Read More
सिड्नी, अप्रिल १७ — नेपाली अभिभावक समाज अष्ट्रेलियाको आयोजनामा नयाँ वर्ष २०८३ तथा माता तीर्थ औँसी (आमाको मुख हेर्ने दिन) को पावन अवसरमा विशेष कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा विभिन्न रचनात्मक प्रस्तुति तथा शुभकामना आदान–प्रदान गरी प्रवासमा रहेका नेपालीहरूबीच आत्मीयता र भाइचारा अझ प्रगाढ बनाइएको थियो। जननी जन्मभूमिको भावना आत्मसात गर्दै, नेपालका विभिन्न जिल्ला तथा […]Read More
सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले गुणस्तरीय सेवा, प्रभावकारी व्यवस्थापन प्रणाली तथा ग्राहक सन्तुष्टिप्रतिको आफ्नो प्रतिबद्धतालाई थप सुदृढ बनाउँदै ISO 9001:2015 प्रमाणिकरण प्राप्त गरेको छ। उक्त प्रमाणिकरण United Registrar of Systems (URS) तथा UKAS Management Systems मार्फत प्रदान गरिएको हो। यो अन्तर्राष्ट्रिय स्तरको गुणस्तर व्यवस्थापन प्रणाली (International Quality Management System) प्रमाणिकरणले सिटिजन लाइफले आफ्ना सेवा, सञ्चालन […]Read More
काठमाडौं । वैदेशिक रोजगारीको आकर्षक प्रलोभनमा परी कम्बोडिया पुगेर अवैध काममा लगाइएका ४६ जना नेपाली नागरिकलाई सरकारी पहलमा उद्धार गरी स्वदेश फर्काइएको छ। बैंककस्थित नेपाली दूतावासले कम्बोडियाली सरकारसँगको समन्वयमा उनीहरूलाई ३० चैत र १ वैशाखमा काठमाडौं पठाएको हो। उद्धार गरिएकाहरू विभिन्न अनलाइन स्क्यामिङ (ठगी) केन्द्र र क्यासिनोहरूमा बन्धकजस्तै भएर गैरकानुनी काम गर्न बाध्य पारिएका थिए। […]Read More
काठमाडौं । प्रतिनिधिसभाकी उपसभामुख रूविकुमारी ठाकुरले दाइजो प्रथा विरुद्ध कडा अडान लिँदै अबदेखि दाइजो लेनदेन हुने कुनै पनि विवाहमा सहभागी नहुने घोषणा गरेकी छन्। बिहीबार सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उनले दाइजो लिनु र दिनु मात्र नभई यस्तो लेनदेनमा आधारित विवाहको भोज ग्रहण गर्नु समेत कानुनी र सामाजिक रूपमा दण्डनीय अभ्यास भएको उल्लेख […]Read More
अग्रवाल र भट्टको निवाससहित हिमालयन रि–इन्स्योरेन्समा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको
काठमाडौं । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले चर्चित व्यवसायी सुलभ अग्रवाल र दीपक भट्टको निजी निवासमा छापा मार्दै अनुसन्धान अघि बढाएको छ। विभाग प्रमुख गजेन्द्र ठाकुरका अनुसार शंकास्पद आर्थिक गतिविधि र स्रोत नखुलेको सम्पत्तिको आशंकामा यो कदम चालिएको हो। छापाका क्रममा आवश्यक कागजातहरू नियन्त्रणमा लिइएको जनाइएको छ। अनुसन्धान टोलीले सानेपास्थित भट्टको निवास र लाजिम्पाटस्थित अग्रवालको घरमा […]Read More
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र (बालेन) शाह नेतृत्वको सरकारले ६ वटा राष्ट्रिय दलको साझा एजेन्डा समेटेर शिक्षा क्षेत्रको रूपान्तरणका लागि एक महत्त्वकाङ्क्षी ‘राष्ट्रिय प्रतिबद्धता’ को मस्यौदा सार्वजनिक गरेको छ। यस खाकाअनुसार सरकारले विद्यालय शिक्षालाई पूर्णतः निःशुल्क र अनिवार्य बनाउने सङ्कल्प गरेको छ। आगामी दुई दशकसम्म शिक्षामा लगानीको हिस्सा उल्लेख्य रूपमा वृद्धि गर्दै सरकारी र निजी विद्यालयबीचको […]Read More
काठमाडौं । काठमाडौँ महानगरपालिकाले व्यापारिक केन्द्र असनको मौलिक स्वरूपलाई पुनर्जीवित गर्न वैशाख ५ गतेदेखि विशेष अभियान सुरु गर्ने भएको छ। महानगरले असन क्षेत्रको सामाजिक र सांस्कृतिक ओज कायम राख्न हरेक शनिबार सवारीसाधन प्रवेशमा पूर्ण रोक लगाउने निर्णय गरेको हो। काठमाडौँ महानगरकी कार्यवाहक प्रमुख सुनिता डङ्गोलको अध्यक्षतामा बसेको बैठकले असनलाई ‘सम्पदा मार्ग’का रूपमा विकास गर्ने लक्ष्यसहित […]Read More
काठमाडौं । सरकार गठनपछि मन्त्रीहरूले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छन। कानुनी व्यवस्थाअनुसार पदभार ग्रहण गरेको एक महिना भित्रै सम्पत्ति विवरण बुझाउनुपर्ने प्रावधान रहेकाले अधिकांश मन्त्रीहरूले आफ्नो चल–अचल सम्पत्तिको विवरण सार्वजनिक गरेका हुन । सार्वजनिक भएका विवरणहरूमा मन्त्रीहरूको नाममा रहेको जग्गा–जमिन, घर, सवारी साधन, बैंक मौज्दात, सुन–चाँदी र सेयर लगानीसम्मका विवरण समेटिएका छन्। केही मन्त्रीहरूले […]Read More
काठमाडौं । नेपाल सरकारले बालबालिकासम्बन्धी कानुनी विवाद र अधिकार हननका मुद्दाहरूलाई थप विशिष्टीकृत र प्रभावकारी बनाउन ‘बाल अदालत’ लाई नै मुख्य जिम्मेवारी दिने प्रस्ताव अघि सारेको छ। महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले हालै काठमाडौँमा आयोजित एक कार्यक्रममा बालबालिकासम्बन्धी ऐन, २०७५ र नियमावली, २०७८ मा व्यापक संशोधनको खाका प्रस्तुत गरेको हो। यो कदमले बालबालिकाको न्यायमा […]Read More
