मन्त्रीहरूको सम्पत्ति सार्वजनिक : नगद, सुन, जग्गादेखि सेयरसम्म लगानी

 मन्त्रीहरूको सम्पत्ति सार्वजनिक : नगद, सुन, जग्गादेखि सेयरसम्म लगानी

काठमाडौं । सरकार गठनपछि मन्त्रीहरूले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छन। कानुनी व्यवस्थाअनुसार पदभार ग्रहण गरेको एक महिना भित्रै सम्पत्ति विवरण बुझाउनुपर्ने प्रावधान रहेकाले अधिकांश मन्त्रीहरूले आफ्नो चल–अचल सम्पत्तिको विवरण सार्वजनिक गरेका हुन ।

सार्वजनिक भएका विवरणहरूमा मन्त्रीहरूको नाममा रहेको जग्गा–जमिन, घर, सवारी साधन, बैंक मौज्दात, सुन–चाँदी र सेयर लगानीसम्मका विवरण समेटिएका छन्। केही मन्त्रीहरूले विभिन्न जिल्लामा फैलिएको जग्गा, नगद बचत र पारिवारिक स्वामित्वमा रहेका सम्पत्तिसमेत खुलाएका छन्। कतिपयले बैंक तथा वित्तीय संस्थामा रहेको रकम, शेयर बजारमा गरिएको लगानी र व्यवसायिक हिस्सेदारीबारे पनि उल्लेख गरेका छन्।

सम्पत्ति विवरण सार्वजनिक गर्ने क्रममा कतिपय मन्त्रीहरूको उल्लेखनीय नगद बचत, सुनका गहना र शहरी क्षेत्रमा रहेका घर–जग्गाले ध्यान तानेको छ। यद्यपि, केही मन्त्रीहरूले भने न्यून सम्पत्ति देखाउँदै आफू साधारण आर्थिक अवस्थाबाट आएको सन्देश दिन खोजेको विश्लेषण गरिएको छ।

सरकार स्रोतका अनुसार, सम्पत्ति विवरण संकलन र अभिलेखीकरणको कामलाई व्यवस्थित बनाउन सम्बन्धित निकायहरू सक्रिय बनाइएका छन्। यसक्रममा बैंक खाता, कर विवरण, कम्पनीमा गरिएको लगानी तथा जग्गा दर्तासम्बन्धी अभिलेखहरूलाई आपसमा मिलाएर हेर्ने तयारी भइरहेको छ। आवश्यक परेमा थप छानबिनका लागि सम्बन्धित निकायहरू परिचालन गरिने जनाइएको छ।

यसैबीच, पूर्वपदाधिकारीहरूको सम्पत्तिमाथि समेत निगरानी बढाइएको छ। स्रोतका अनुसार, विगतमा सार्वजनिक पदमा रहेका केही उच्च तहका व्यक्तिहरूको सम्पत्ति वृद्धि अस्वाभाविक देखिएपछि त्यसबारे अध्ययन सुरु गरिएको छ। यसले वर्तमान मन्त्रीहरूलाई पनि पारदर्शिता कायम गर्न दबाब बढाएको देखिन्छ।

सुशासनका पक्षधरहरूले सम्पत्ति विवरण सार्वजनिक गर्ने कार्यलाई सकारात्मक कदमका रूपमा लिँदै यसको प्रभावकारी कार्यान्वयनमा जोड दिएका छन्। उनीहरूका अनुसार विवरण सार्वजनिक गर्नु मात्र पर्याप्त नभई त्यसको नियमित अद्यावधिक, सत्यापन र सार्वजनिक पहुँच सुनिश्चित गरिनु आवश्यक छ।

 

आहा नेपाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *