ओखलढुङ्गामा सहकारी हस्तान्तरण तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न

 ओखलढुङ्गामा सहकारी हस्तान्तरण तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न

ओखलढुङ्गा — नेपाल कृषि सहकारी केन्द्रीय संघ लिमिटेडको आयोजनामा ओखलढुङ्गा जिल्लाका दुई सहकारी संस्थामा हस्तान्तरण तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रम अन्तर्गत मोलुङ साना किसान कृषि सहकारी संस्था लिमिटेड, देउराली र ग्रामीण साना किसान कृषि सहकारी संस्था लिमिटेड, सिद्धिचरण नगरपालिका–१ बिगुटारमा सहकारी हस्तान्तरणसँगै “सहकारीमा उद्यमशीलता र पारदर्शिता : सहकारीको प्रतिबद्धता” विषयमा अभिमुखीकरण कार्यक्रम सम्पन्न गरिएको हो।

एक औपचारिक समारोहका बीच सम्पन्न उक्त कार्यक्रममा सहकारी सुदृढीकरण, पारदर्शिता अभिवृद्धि तथा सदस्य केन्द्रित उद्यमशीलता विकासका विषयमा व्यापक छलफल गरिएको थियो। कार्यक्रममा सहभागीहरूले सहकारीमार्फत ग्रामीण अर्थतन्त्र मजबुत बनाउन सकिने र सदस्यहरूको जीवनस्तर उकास्न सहकारीको भूमिका अझ प्रभावकारी हुनुपर्नेमा जोड दिएका थिए।

कार्यक्रममा अतिथी एकराज उप्रेतीले सहकारी संस्थाहरूलाई दिगो र उत्तरदायी बनाउँदै लैजान पारदर्शिता, सुशासन र सदस्य सहभागिता अत्यन्त आवश्यक रहेको बताए। उनले सहकारी क्षेत्रलाई आधुनिक प्रविधिसँग जोड्दै उत्पादनमुखी बनाउनेतर्फ ध्यान दिनुपर्ने धारणा राख्नुभयो।

त्यसैगरी, अतिथी खेम बहादुर पाठकले साना किसानहरूको आर्थिक सशक्तीकरणमा सहकारीको योगदान महत्वपूर्ण रहेको उल्लेख गर्दै सहकारी संस्थाहरूले उद्यमशीलता विकासलाई प्राथमिकता दिनुपर्ने बताउनुभयो । उहाँले सहकारीमार्फत आयआर्जनका अवसर सिर्जना गरी ग्रामीण क्षेत्रको समग्र विकास सम्भव रहेको धारणा व्यक्त गर्नुभयो ।

कार्यक्रममा स्थानीय सहकारीकर्मी, सरोकारवाला निकायका प्रतिनिधि तथा सदस्यहरूको उल्लेख्य उपस्थिति रहेको थियो। सहभागीहरूले यस्ता कार्यक्रमहरूले सहकारीको क्षमता अभिवृद्धि तथा सदस्यहरूमा जागरूकता बढाउन महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गरेका छन्।

यस कार्यक्रमले सहकारी संस्थाहरूबीच समन्वय, अनुभव आदानप्रदान तथा पारदर्शी र उद्यमशील सहकारी निर्माणमा नयाँ ऊर्जा प्रदान गरेको आयोजकले जनाएको छ।

आहा नेपाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *