विश्वमा नेपाल चिनाउने छोरी (भिडियो)
मोजा र कागजको वल खेल्थीन,अहिले विश्व फुटवलले खोजिरहेछ ।
सावित्रा भण्डारी सम्बा, कृषि विकास बैँकको ब्राण्ड एम्बास्डर । फुटवल खेलमा देखाएको अभूतपूर्व चमत्कारीक उपलब्धिमा साथ दिइरहेको कृषि विकास बैँकको दोस्रो कार्याकालका लागि ब्रण्ड एम्बास्डरका रुपमा सम्झौता पत्रमा हस्ताक्षर गर्दै हुनुहुन्छ ।
बैँकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङको विशेष उपस्थितीमा बैँकका उपमहाप्रवन्धक सुदिप दाहाल र सावित्रा भण्डारी साम्बाबीच सम्झौता पत्रमा हस्ताक्षर तथा आदान प्रदानको कार्यक्रम सम्पन्न भएको छ ।
हस्ताक्षर कार्यक्रम पछि संक्षिप्त मन्तव्य राख्नुभएकी सावित्राले आफ्नो फुटवल यात्रा, सपना र सफलता बारे बोल्नुभयो । उहाँले लमजुङको मस्र्याङदी गाउँपालिका वडा नं. ९ सिम्पानीमा जन्मेर मोजा र प्लास्टिकको वल खेल्दै सुरु भएको आफ्नो जीवनको त्यो पल र आजको यो उपलब्धि स्मरण गर्नुभयो ।
त्यसो त उहाँले आफ्नो जीवनको पहिलो सम्झौता, व्राण्डएम्वास्डरका रुपमा कृषि विकास बैँकसंग गर्नुभयो । यसरी खेल र खेलाडीहरुलाई साथ सहयोग प्रदान गरेर उर्जा भर्न बैँकले खेलेको भूमिका प्रति भण्डारीले आभार प्रकट गर्नुभयो ।
सम्झौता हस्ताक्षर कार्यक्रममा बैँकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङले धेरैको सपना साकार पार्ने सारथी बनेको कृषि विकास बैँकले अनेकन समस्या र चुनौतीहरु पारगर्दै फुटवल खेल मार्फत विश्वमा नेपाललाई चिनाउन सफल सावित्रा भण्डारीलाई बैँकले ब्राण्ड एम्बास्डर पाएकोमा खुसी व्यक्त गर्नुभयो ।
लमजुङको सामान्य गाउँमा जन्मेको एक साधारण मान्छे आफ्ना सपनाहरुको उडान भर्दै फुटवल खेलको यात्रामा असाधारण सफलता हासिल गर्न पुगेको भन्दै गुरुङले यो सफलताले उहाँको व्यक्तिगत संगसंगै देशको पहिचान बढाउन समेत सहयोग पुगेको बताउनुभयो ।
प्रमुख कार्यकारी अधिकृत गुरुङले सपना देख्नेहरु सफल हुन्छन् र सफलता आफ्नै हातमा छ भन्ने उदाहरण सावित्राको खेल जीवन र प्राप्त उपलब्धिले प्रमाणित गरेको बताउनुभयो ।
अभाव, समस्या, बाधा, अबरोध यि सारा कुरा पार गर्दै खेललाई निरन्तरता दिनुभएकी भण्डारी मार्फत बैँक प्रति आम नागरीकको विश्वास, भरोसा र सहकार्य बढाउन सहयोग पुग्ने प्रमुख कार्यकारी अधिकृत गुरुङले विश्वास व्यक्त गर्नुभयो ।
बाल्यकालमा कुनै स्रोत साधान नहुँदा होस वा गाउँमा अग्रजहरुले निरुत्साहीत गर्दा नै किन नहोस, परिवारले कहिलेकाहीँ यो क्षेत्रमा नलागेको भए हुन्थ्यो भनेर चिन्ता प्रकट गर्दा पनि उहाँले निरन्तर आफ्नो कर्म गरिरहनुभयो जसको फलस्वरुप अहिले देशकै गौरव बन्न सफल हुनुभयो ।
राम्रो मैदान, राम्रा प्रशिक्षक वा आधुनिक उपकरण – यी सबै कुरा उहाँको पहुँचमा थिएनन् । तर उहाँको प्रतिबद्धता भने असाधारण थियो । यसैले उहाँलाई छिट्टै राष्ट्रिय महिला फुटबल टोलीसम्म पु¥यायो ।
भण्डारी ५० भन्दा बढी गोल गर्दै नेपालको इतिहासमै सबैभन्दा बढी अन्तर्राष्ट्रिय गोल गर्ने महिला खेलाडी बन्न सफल हुनुभयो ।
उहाँको लोकप्रियता केवल नेपालमै सीमित भएन । भण्डारीले फ्रान्सको एन अभान्ट गुइनगाम्प क्लबसँग आवद्ध भई यूरोपमा आफ्नो खेल प्रस्तुत गरिसक्नुभएको छ ।
आज सावित्रा हजारौं बालबालिकाका लागि आदर्श बन्नुभएको छ । लमजुङको गाउँबाट सुरु भएको यो यात्रा आज राष्ट्रिय गौरव बनेको छ ।
फुटबल मैदानमा चम्किने सावित्रा आज कृषि विकास बैँकको ब्रान्ड एम्बेसडर बनेर बैंकिङ क्षेत्रमा पनि प्रेरणाको स्रोत बन्नुभएको छ ।
सावित्रा भण्डारी “साम्बा” – उहाँ केवल स्ट्राइकर मात्र होइन । सपनालाई बास्तविकतामा बदल्ने एक यात्री हो । मेहनतको प्रतिमूर्ति हो र आशाको प्रतीक हो । जीवनको आगामी यात्रा अझै फलदायी बनोस हार्दिक शुभकामना सम्बा ।