पूर्वमन्त्री बस्नेत प्रकरण: अन्तिम सुनुवाइ सकियो, आजै आदेश आउन सक्ने

 पूर्वमन्त्री बस्नेत प्रकरण: अन्तिम सुनुवाइ सकियो, आजै आदेश आउन सक्ने

काठमाडौँ । नेपाल दूरसञ्चार प्राधिकरणका लागि टेलिकम्युनिकेसन ट्राफिक मोनिटरिङ तथा फ्रड कन्ट्रोल सिस्टम (टेरामक्स) खरिदसँग सम्बन्धित भ्रष्टाचार मुद्दामा पूर्वमन्त्री मोहनबहादुर बस्नेतसहित प्रतिवादीहरूमाथिको सुनुवाइ विशेष अदालतमा सम्पन्न भएको छ।

न्यायाधीश नारायणप्रसाद पौडेल, हेमन्त रावल र डिल्लीरत्न श्रेष्ठ सम्मिलित इजलासमा बहस सकिएकाले मुद्दामा आजै आदेश जारी हुने सम्भावना रहेको बताइएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले टेरामक्स खरिद प्रक्रियामा ३ अर्ब २१ करोड रुपैयाँभन्दा बढी अनियमितता भएको ठहर गर्दै पूर्वसञ्चार तथा सूचना प्रविधि मन्त्री बस्नेतसहित १६ जनाविरुद्ध गत जेठ २ गते विशेष अदालतमा अभियोग पत्र दर्ता गरेको थियो। सोही मुद्दामा परामर्शदाता विदेशी कम्पनी र त्यसका नेपालस्थित एजेन्टलाई पनि प्रतिवादीका रूपमा समावेश गरिएको छ।

थुनछेक बहसपछि विशेष अदालतले गत असार १५ गते २५ लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएपछि बस्नेत हाल धरौटीमा मुक्त छन्।

आहा नेपाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *