दुई चरणमा चुनाव गर्दा धाँधली हुन सक्छ, एकै चरणमा सम्पन्न गरौँ : प्रचण्ड

 दुई चरणमा चुनाव गर्दा धाँधली हुन सक्छ, एकै चरणमा सम्पन्न गरौँ : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले फागुन २१ गते हुन लागेको प्रतिनिधिसभाको चुनाव दुई चरणमा गर्न नहुने राय राखेका छन् ।

काठमाडौंमा बुधबार आयोजित एक कार्यक्रमलाई सम्बोधनका क्रममा पूर्वप्रधानमन्त्रीसमेत रहेका उनले चुनाव दुई चरणमा नगर्न सरकारलाई सुझाएका हुन् ।

‘चुनाव दुई चरणमा होइन, एकै चरणमा गरियोस् । चुनाव निष्पक्ष हुने वातावरण बनाइयोस्। यो पटक सामान्य निर्वाचन भइरहेको छैन’, उनले भने, ‘असाधारण परिस्थितिमा निर्वाचन हुँदैछ । यसलाई राष्ट्र र जनताका लागि सही रुपमा सम्पन्न गर्नुपर्छ।’

दाहालले केही व्यक्तिहरूले अझै चुनाव हुने कि नहुने भन्ने आशंका गरिरहेको पनि बताए । उनले तोकिएकै मितिमा एकै चरणमा चुनाव हुनुपर्ने दोहोर्‍याए । प्रचण्डले स्वच्छ र धाँधलीरहित निर्वाचन भएमा नेकपाले राम्रो नतिजा ल्याउने पनि दाबी गरेका छन् ।

आहा नेपाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *