काठमाडौं । सञ्चार तथा सुचना प्रविधि मन्त्रालयका निमित्त सचिव उदयबहादुर रानामगरले नेपालमा महिलामाथि डिजिटल हिंसा बढ्दै गएकोमा सरकार चिन्तित रहेको बताएका छन् । महिला हिंसाको १६ दिने अभियान सुरु हुनुभन्दा एक दिन अघि महिला, कानुन र विकास मञ्च (एफडब्लुएलडी) र सञ्चारिका समूहले सोमबार आयोजना गरेको नेपालमा महिलामाथि बढ्दै गएको डिजिट हिंसासम्बन्धी अन्तरक्रिया कार्यक्रममा सचिव रानामगरले […]Read More
काठमाडौँ । सरकारले सुमनराज अर्याललाई नयाँ मुख्यसचिव नियुक्त गरेको छ। सोमबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले बुधवारदेखि लागू हुने गरी अर्याललाई २८ औँ मुख्यसचिवमा नियुक्त गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए । अर्याल यसअघि रक्षा सचिव रहेका थिए । हालका मुख्यसचिव एकनारायण अर्यालको भोलि मध्यरातिदेखि कार्यकाल सकिने भएपछि सरकारले नयाँ नियुक्ति गरेको हो।Read More
काठमाडौं — नेपाल सरकारद्वारा स्थापित भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा निजी क्षेत्रबाट उल्लेखनीय योगदान प्राप्त भएको छ। आइतबार, मंसिर ७, २०८२ मा लाईफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेडले कोषमा रु १,०१,००,००० (एक करोड एक लाख) रकम उपलब्ध गराएको छ। उक्त रकमको भौचर कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रणय कुमारले अर्थ मन्त्रालयमा अर्थमन्त्री रामेश्वर प्रसाद खनाललाई हस्तान्तरण गरेका हुन्। […]Read More
काठमाडौँ । बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नयाँ शक्ति), जनार्दन शर्मा नेतृत्वको प्रगतिशील राष्ट्रिय अभियान र सन्तोष परियार नेतृत्वको समूह लगायतले आज पार्टी एकता गर्ने भएका छन् । वृहत् एकता घोषणासभाको सम्पूर्ण तयारी पूरा भएको नेसपा (नयाँ शक्ति)का प्रचार विभाग प्रमुख रेखी गुरुङले जानकारी दिए । राष्ट्रिय सभागृह काठमाडौँ हुने कार्यक्रममा तीन घटक बाहेक […]Read More
नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले युवा नै नयाँ नेपालको नेतृत्व भएको बताउनुभएको छ। पार्टी मुख्यालय पेरिसडाँडामा आज आयोजित ‘जेन-जीसँग नेकपा’ कार्यक्रममा उहाँले युवालाई वैचारिक, राजनीतिक र सङ्गठनात्मक रूपमा नयाँ नेपालको नेता बनाउनेबारे पार्टीभित्र घनिभूत छलफल भइरहेको बताउनुभयो। “मैले नयाँ पुस्तामा नवीन सपना देखिरहेको छु। अब युवालाई उत्तराधिकारी बनाउने र जिम्मेवारी सुम्पने […]Read More
नेपाली कांग्रेसले देशमा उत्पन्न वर्तमान अवस्थाको उचित राजनीतिक निकास निर्वाचन नै भएको निष्कर्ष निकाल्र्दै निर्वाचनमा भाग लिने निर्णय गरेको छ । कार्यवाहक सभापति पूर्णबहादुर खड्काको सभापतित्वमा आज पार्टी केन्द्रीय कार्यालय, सानेपा, ललितपुरमा बसेको केन्द्रीय कार्यसमिति बैठकले आगामी फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभा सदस्य निर्वाचन नै वर्तमान राजनीतिक अवस्थाको उचित निकास निर्वाचन नै भएकाले पार्टीले […]Read More
नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले जनताबाट चुनिएकाहरूबाट मात्र सरकार सञ्चालन गर्ने लोकतान्त्रिक परिपाटीको सुदृढीकरण आजको आवश्यकता भएको बताउनुभएको छ । सो पार्टीद्वारा आज काठमाडौँको भृकुटीमण्डपमा आयोजित जनसभामा सम्बोधन गर्दै अध्यक्ष ओलीले जेनजी आन्दोलनपछि गठन भएको सरकारले गरेको प्रतिनिधिसभा विघटनको सिफारिस संविधानको भावनाबमोजिम नभएको तर्क गर्नुभयो । उहाँले पार्टीको भ्रातृ सङ्गठन राष्ट्रिय […]Read More
र्यकारी निर्देशक देवराज ढुङ्गानाले शुक्रबार यातायात व्यवस्था विभागका सूचना तथा प्रविधि निर्देशक केशव खतिवडालाई सवारीचालक अनुमतिपत्र हस्तान्तरण गर्नुभयो । ‘क्युआर कोड’ सहितको सो अनुमतिपत्र छपाइको परीक्षण सफल भएसँगै पहिलो चरणमा केन्द्रले ५२० थान लाइसेन्स हस्तान्तरण गरेको हो । केन्द्रलाई प्राप्त एक हजार दुई सय आवेदक अनुसारको अनुमतिपत्र दोस्रो चरण छपाइ गरिने सुरक्षण मुद्रणले जनाएको छ […]Read More
काठमाण्डौ । साना किसान विकास लघुवित्त वित्तीय संस्था लि.का अध्यक्ष खेम बहादुर पाठकले आर्थिक रुपान्तरणका लागि कृषि र किसान लक्षित कार्यक्रमलाई अझै प्रभावकारी रुपमा अगाडि बढाउनुपर्ने बताउनुभएको छ । साना किसान विकास लघुवित्त वित्तीय संस्था लि. को आयोजनामा कञ्चनपुरमा भएको कार्यक्रममा बोल्नुहुँदै अध्यक्ष पाठकले ग्रामीण क्षेत्रमा आर्थिक उपार्जनको मुख्य स्रोत कृषि तथा पशुपालन रहेको भन्दै […]Read More
मंसिर ४, २०८२ काठमाडौँ । काठमाडौँ महानगरपालिकाको अनुगमन समितिले वडा नं. २३ ले गरिरहेको जुद्ध बारुण यन्त्र कार्यालयको सवलीकरण (रेक्टोफिटिङ् एण्ड मेन्टिनेन्स) र वडा नम्बर २६ मा जडान गरिएको अण्डरग्राउण्ड फायर ड्राइराइजर कार्यको अनुगमन गरेको छ । अनुगमनका क्रममा निर्माण प्रक्रिया, निर्माण सामग्री र शैलीलगायत प्राविधिक र गुणस्तरको पक्ष हेरिएको थियो । बारुण यन्त्र कार्यालयको […]Read More
