गोल्फुटार पुगेर गगन थापाले भेट पूर्णबहादुर खड्का

 गोल्फुटार पुगेर गगन थापाले भेट पूर्णबहादुर खड्का

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले पार्टीका नेता पूर्णबहादुर खड्कासँग भेटवार्ता गरेका छन् ।

आइतबार साँझ ७ बजे खड्काको निवास गोल्फुटारमा पुगेर सभापति थापाले भेट गरेका हुन् ।

सर्वोच्च अदालतको आदेशपछि खड्का आफू पक्षीय नेताहरू निरन्तर छलफलमा छन् । आजै दिउँसो पनि पूर्वसभापति शेरबहादुर देउवा पक्षका नेताहरू छलफलमा जुटेका थिए ।

उनीहरूले अदालतको आदेश स्वीकार गर्ने तर आफूहरू सम्मानजनक अवस्था पाउनुपर्ने बताएका छन् । यसैबीच थापाले साँझ उनकै निवास पुगेर खड्कासँग भेटवार्ता गरेका हुन् ।

आहा नेपाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *