‘Kickfest Futsal League 2026, Corporate Edition’ मा कृषि विकास बैंक विजेता

 ‘Kickfest Futsal League 2026, Corporate Edition’ मा कृषि विकास बैंक विजेता

काठमाडौं — Fineserve Global द्वारा आयोजना गरिएको “Kickfest Futsal League 2026, Corporate Edition” २०८३ वैशाख ५ गते शनिबार क्लब मध्यपुर फुटसलमा सम्पन्न भएको छ। प्रतियोगितामा विभिन्न कर्पोरेट संस्थाहरूको सहभागिता रहेको थियो।

प्रतिस्पर्धात्मक खेलमा उत्कृष्ट प्रदर्शन गर्दै कृषि विकास बैंक विजेता बन्न सफल भयो। विजेता कृषि विकास बैंकले नगद रु. १,००,०००, ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गरेको छ भने Zakipoint Health Nepal उपविजेता बनेको छ।

उपविजेता Zakipoint Health Nepal ले नगद रु. ४०,००० सहित ट्रफी र प्रमाणपत्र प्राप्त गरेको आयोजकले जनाएको छ।
कृषि विकास बैंकले समूह चरणमा उत्कृष्ट प्रदर्शन गरेको थियो।

पहिलो खेलमा आयोजक टोलीलाई ४–० गोलले पराजित गरेको बैंक टोलीले दोस्रो खेल १–०, तेस्रो खेल ३–० र चौथो खेल ३–२ गोलले जित्दै समूह चरण पार गरेको थियो।

यसैगरी सेमिफाइनलमा कडा प्रतिस्पर्धापछि पेनाल्टी सुटआउटमा २–१ ले विजयी हुँदै कृषि विकास बैंक फाइनल प्रवेश गरेको थियो। फाइनल खेलमा पनि Zakipoint Health Nepal सँग निर्धारित समयमा बराबरी भएपछि खेल पेनाल्टी सुटआउटमा गएको थियो।

पेनाल्टी सुटआउटमा कृषि विकास बैंकले ३–१ ले विजयी हुँदै उपाधि आफ्नो नाममा सुरक्षित गरेको हो।

राति १० बजे सम्पन्न प्रतियोगितामा आयोजकले राम्रो व्यवस्थापनसहित खेल सञ्चालन गरेको सहभागीहरूले बताएका छन्। प्रतियोगिताले कर्पोरेट संस्थाबीच आपसी सम्बन्ध सुदृढ गर्नुका साथै खेलकुदमार्फत टीमवर्क र उत्साह अभिवृद्धि गर्न सहयोग पुगेको बताइएको छ।

आहा नेपाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *