विश्राम प्रसाद चौधरीको अपिल : “सीपयुक्त युवा, आत्मनिर्भर समाज” निर्माणको प्रतिबद्धता

 विश्राम प्रसाद चौधरीको अपिल : “सीपयुक्त युवा, आत्मनिर्भर समाज” निर्माणको प्रतिबद्धता

कपिलवस्तु । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचन–२०८२ लाई लक्षित गर्दै नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले कपिलवस्तु निर्वाचन क्षेत्र नं. १ मा समृद्धि र सुशासन केन्द्रित स्पष्ट कार्यदिशा सार्वजनिक गरेको छ।

क्षेत्र नं. १ बाट प्रत्यक्षतर्फका उम्मेदवार विश्राम प्रसाद चौधरी ले “सीपयुक्त युवा, आत्मनिर्भर समाज” भन्ने मूल उद्घोषसहित कपिलवस्तुको सर्वाङ्गीण विकासका लागि ठोस तथा कार्यान्वयनयोग्य योजना प्रस्तुत गरेका हुन्।

समाजसेवी, जुझारु र विकासप्रेमी व्यक्तित्वका रूपमा परिचित चौधरीले दीगो विकास, रोजगारी सिर्जना र सुशासनलाई आफ्नो प्रमुख प्राथमिकता बनाएको बताएका छन्। उनका मुख्य प्रतिबद्धतामा सडक, पुल, तटबन्ध, रिङरोड, बसपार्क तथा शुद्ध खानेपानी जस्ता आधारभूत पूर्वाधारको स्तरोन्नति, कृषि आधुनिकीकरण तथा सिँचाइ विस्तार, युवा उद्यमशीलता प्रवर्द्धन र रोजगारी सिर्जना समावेश छन्।

त्यसैगरी शिक्षा, स्वास्थ्य, सामाजिक न्याय र समावेशी विकासलाई थप सुदृढ बनाउने योजना अघि सारिएको छ। पर्यटन प्रवर्द्धन अन्तर्गत बुद्ध सर्किटसँग जोडिएका ऐतिहासिक तथा सांस्कृतिक सम्पदाको संरक्षण र प्रवर्द्धन गर्ने लक्ष्य पनि उनले व्यक्त गरेका छन्।

सुशासन, पारदर्शिता र भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता अपनाउने प्रतिबद्धता दोहोर्‍याउँदै चौधरीले वातावरण संरक्षण र सुरक्षित बसोबासलाई समेत प्राथमिकतामा राख्ने बताएका छन्।

निर्वाचन प्रचारका क्रममा उनले कपिलवस्तु निर्वाचन क्षेत्र नं. १ का मतदातासमक्ष स्पष्ट दृष्टिकोण, दृढ संकल्प र उत्तरदायी नेतृत्वका साथ विकासको नयाँ चरणमा अघि बढ्ने विश्वास व्यक्त गर्दै क्षेत्रको उज्ज्वल भविष्य, सक्षम नेतृत्व र दिगो विकासका लागि सूर्य चिन्हमा मतदान गर्न हार्दिक अपिल गरेका छन्।

आहा नेपाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *