गोरखा १ बाट सुधन गुरुङ दोब्बर मतले विजयी

 गोरखा १ बाट सुधन गुरुङ दोब्बर मतले विजयी

काठमाडौं । आफूलाई जेन-जी अभियन्ताका रुपमा चिताउने ३८ वर्षीय सुधन गुरुङ राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्रतिनिसभामा विजयी हुने १२५ औँ सांसद बनेका छन् ।

फागुन २१ गते भएको निर्वाचनअन्तर्गत सोमबमार आएको नतिजाअनुसार गोरखा क्षेत्र नम्बर १ बाट गुरुङ भारी मतान्तरसहित विजयी भएका हुन्।

निर्वाचन आयोगका अनुसार गुरुङले २९ हजार ८९६ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार प्रेम कुमार खत्रीले १५ हजार ३९९८ मत ल्याएका छन् । उनीहरूबीचको मतान्तर १४ हजार ४९८ रहेको छ ।

तेस्रो स्थानमा नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार हरिराज अधिकारी रहे । उनले ११,१२४ मत प्राप्त गरेका छन्। नेकपा (एमाले) का रामचन्द्र लामिछानेले ३,७३२ मत पाएका छन्।

गोरखा–१ मा मुख्य प्रतिस्पर्धा रास्वपा र कांग्रेसबीच देखिएको थियो। तर सुधनले फराकिलो मतान्तर कायम गर्दै प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुन सफल भएका छन्।

आहा नेपाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *