अन्तर्राष्ट्रिय जुडोको आठौँ संस्करण बिहीबारदेखि

 अन्तर्राष्ट्रिय जुडोको आठौँ संस्करण बिहीबारदेखि

काठमाडौं । नेपाल खेलकुद महासंघ, राष्ट्रिय जुडो संघको आयोजनामा आठौँ अन्तर्राष्ट्रिय जुडो प्रतियोगिता चैत्र ५ गतेदेखि काठमाडौंमा सुरु हुने भएको छ ।

राष्ट्रिय जुडो संघले मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै यही चैत्र ५ देखि ९ गतेसम्म काठमाडौंको नयाँ बजारस्थीत बहुउदेश्य मार्शल आट्र्स केन्द्रमा आठौँ अन्तर्राष्ट्रिय जुडो प्रतियोगिता आयोजना गरिएको जनाएको हो ।

प्रतियोगितामा नेपालका प्रदेश, जिल्लारक्लब, स्कुल तथा डोजोका खेलाडीहरूका साथै बङ्गलादेश र भुटानका खेलाडीहरूको समेत गरी ३०० जनाको सहभागिता रहने राष्ट्रिय जुडो संघ नेपालका अध्यक्ष धर्मकुमार श्रेष्ठले जानकारी दिए ।

पुरुष र महिलातर्फ विभिन्न तौल समूह र स्पर्धामा हुने प्रतियोगिताका विजयी खेलाडीहरूलाई स्वर्ण, रजत, कास्य पदक तथा प्रमाणपत्र प्रदान गरिने उनले बताए ।

साथै क्याडेट र जुनियर दुवै समूहमा टिम प्रथमलाई १५ हजार, दोस्रोलाई १५ हजार, तेस्रोलाई ५ हजार र बेष्ट महिला दुई पुरुष २ लाई ५ हजार रुपैयाँका दरले नगद पुरस्कार प्रदान गरिने श्रेष्ठले जानकारी दिए ।

अध्यक्ष श्रेष्ठका अनुसार सहभागी खेलाडी र अफिसियलको ५ लाख रुपैयाँ बराबरको बिमा गरिएको छ । उनीहरूको खाना, बसोबास र यातायातको व्यवस्था पनि आयोजकले गर्ने छ । प्रतियोगिता सञ्चालन गर्न करिब ३१ लाख रुपैयाँ खर्च हुने बताइएको छ ।

आहा नेपाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *