राष्ट्रपति पौडेलद्वारा ओली निवासमा पुगेर समवेदना व्यक्त

 राष्ट्रपति पौडेलद्वारा ओली निवासमा पुगेर समवेदना  व्यक्त

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले पितृशोकमा रहेका नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीप्रति हार्दिक समवेदना व्यक्त गरेका छन्। राष्ट्रपति पौडेल आज भक्तपुरस्थित ओली निवास पुगेका थिए र पूर्वप्रधानमन्त्री ओली तथा उनका परिवारसँग भेट गरी शोक व्यक्त गरे।

पूर्वप्रधानमन्त्री ओलीका पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा गत फागुन २९ गते निधन भएको थियो। केही दिनअघि प्रधानमन्त्री सुशीला कार्की, राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहाल लगायत विभिन्न दलका नेताहरू पनि ओली निवासमा पुगेका थिए।

राष्ट्रपति पौडेलको यो भेटले शोकाकुल परिवारमा सहानुभूति र समर्थनको सन्देश पुर्‍याएको बताइएको छ।

आहा नेपाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *