नेपाल चिकित्सक संघको स्थगित निर्वाचन चैतभित्रै गर्ने प्रस्ताव

 नेपाल चिकित्सक संघको स्थगित निर्वाचन चैतभित्रै गर्ने प्रस्ताव

काठमाडौं । नेपाल चिकित्सक संघ को स्थगित निर्वाचन चैत महिनाभित्रै सम्पन्न गर्ने प्रस्ताव अघि सारिएको छ।

बुधबार संघको निर्वाचन समितिले उम्मेदवार, उनीहरूका प्रतिनिधि तथा पूर्व पदाधिकारीहरूसँग छलफल गर्दै निर्वाचनको सम्भावित मिति प्रस्ताव गरेको हो।

प्रस्ताव अनुसार उपत्यका बाहिर चैत २० र २१ गते तथा काठमाडौं उपत्यकाभित्र चैत २८, २९ र ३० गते निर्वाचन गर्ने योजना अघि बढाइएको छ।

यद्यपि, यसबारे अन्तिम निर्णय भने भइसकेको छैन। समितिले शुक्रबार औपचारिक रूपमा निर्वाचन मिति सार्वजनिक गर्ने तयारी गरेको जनाएको छ।

आहा नेपाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *