कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज पनि बस्दै

 कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज पनि बस्दै

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बुधबार (चैत ११) पनि बस्दै छ । बैठक बिहान ११ बजे बस्ने भएको हो ।

मंगलबारदेखि जारी बैठकका एजेन्डामाथि केन्द्रीय सदस्यहरू बोल्ने क्रम बाँकी भएको पार्टी प्रवक्ता देवराज चालिसेले जानकारी दिए । उनका अनुसार, बैठकमा मंगलबार २८ जना केन्द्रीय सदस्यले धारणा राखेका छन् ।

बैठकमा संविधान संशोधन अध्ययनका लागि विज्ञ समिति गठन, १५औँ महाधिवेशन तयारी, उमेदवारसँग प्रदेशस्तरीय निर्वाचन समीक्षा, प्रदेश तथा स्थानीय सरकारको प्रभावकारी सञ्चालन र भ्रातृ संघ, शुभेच्छुक संस्था तथा जनसम्पर्क समितिलगायत विषयमा बाँकी केन्द्रीय सदस्यहरूले धारणा राख्ने प्रवक्ता चालिसेले बताए ।

मंगलबारको बैठकको सुरुमा सभापति गगनकुमार थापाले आगामी भदौ २४–२६ गतेसम्म १५औँ अधिवेशन गर्ने कार्यतालिका प्रस्ताव गरेका थिए ।

आहा नेपाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *