साताको तेस्रो दिन नेप्सेमा सुधार: १९.७० अंकको वृद्धि
काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक साताको तेस्रो कारोबार दिन मंगलबार (आज) दोहोरो अंकले बढेको छ । आज नेप्से परिसूचक १९.७० अंकले बढेर २ हजार ८५१.०९ विन्दुमा बन्द भएको हो ।
नेप्से परिसूचक बढेपनि कारोबार रकम भने घटेको छ । आज २ करोड ७९ लाख ४२ हजार कित्ता शेयर खरिद–बिक्री हुँदा ११ अर्ब ११ करोड २४ लाख रुपैयाँ बराबरको कारोबार भएको छ।
आज १९५ कम्पनीको शेयर मूल्य बढेको छ भने ६३ कम्पनीको शेयर मूल्यमा गिरावट आएको छ। ९ कम्पनीको शेयरमूल्य स्थिर छ ।
रिलायन्स स्पिनिङ मिल्स, सुपर खुदी हाइड्रोपावर, भुजुङ हाइड्रोपावर, रिज लाइन इनर्जी र होटल फरेष्ट इनको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ भने सर्वाधिक कारोबार रिडी पावर कम्पनीको भएको छ । कम्पनीको ४८ करोड ४८ लाख रुपैयाँ बराबरको शेयर किनबेच भएको छ ।
