छविराज रिजाल हाजिरी जमानीमा रिहा

 छविराज रिजाल हाजिरी जमानीमा रिहा

काठमाडौं । जेनजी आन्दोलन दमनसम्बन्धी आरोपमा पक्राउ परेका काठमाडौँका पूर्व प्रमुख जिल्ला अधिकारी छविराज रिजाललाई हाजिरी जमानीमा रिहा गरिएको छ।

मंगलबार बिहान काठमाडौंको सुविधानगरस्थित निवासबाट पक्राउ परेका रिजाललाई जाँचबुझ आयोगको सिफारिसका आधारमा नियन्त्रणमा लिइएको थियो। उक्त आयोगको नेतृत्व गौरीबहादुर कार्कीले गरेका थिए।

प्रहरीका अनुसार प्रारम्भिक अनुसन्धानका क्रममा उनलाई हिरासतमा राख्नुपर्ने पर्याप्त आधार नदेखिएपछि जिल्ला सरकारी वकिलको कार्यालयसँगको परामर्शमा सोही दिन बेलुका हाजिरी जमानीमा छाड्ने निर्णय गरिएको हो।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी रमेश थापा तथा प्रवक्ता एसपी पवन भट्टराईले समन्वयमा उक्त निर्णय गरिएको जानकारी दिएका छन्।

यस प्रकरणमा यसअघि पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकसमेत पक्राउ परेका थिए। उनीहरूलाई भने काठमाडौं जिल्ला अदालतले पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ।

आहा नेपाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *