सिंहदरबारमा सर्वदलीय बैठक जारी, नयाँ संसद सञ्चालनबारे छलफल
काठमाडौँ । सिंहदरबारमा सर्वदलीय बैठक जारी रहेको छ। संघीय संसद सचिवालयको आह्वनमा जारी बैठकको अध्यक्षता ज्येष्ठ सदस्य अर्जुन नरसिंह केसीले गरिरहेका छन्।
१ बजेका लागि बोलाइएको बैठक एमाले र श्रम संस्कृति पार्टीका सांसदहरू आउन ढिलाई गरेपछि आधा घण्टा ढिला गरी सुरु भएको थियो।
बैठकमा कानुन मन्त्री सोबिता गाैतम पनि सहभागी छिन्।
फागुन २१ गते भएको निर्वाचनपछिको आजको यो पहिलो सर्वदलीय बैठक हो। संघीय संसदको पहिलो बैठक भने भोलि १९ चैत दिउँसो २ बजेका लागि बोलाइएको छ।
