एमाले संसदीय दलको नेतामा रामबहादुर थापा बादल निर्विरोध

 एमाले संसदीय दलको नेतामा रामबहादुर थापा बादल निर्विरोध

काठमाडौं । रामबहादुर थापा ‘बादल’ नेकपा एमालेको संसदीय दलको नेतामा निर्विरोध चयन भएका छन्। एकल उम्मेदवारी परेपछि उनी बिना प्रतिस्पर्धा दलको नेतृत्वमा पुगेका हुन्।

सुरुमा सुहाङ नेम्वाङ ले पनि नेतामा दाबी गरेका थिए। तर अन्तिम समयमा उम्मेदवारी दर्ता नगरेपछि चुनावको आवश्यकता नै परेन। प्रस्तावक र समर्थक नपाएपछि उनले प्रतिस्पर्धाबाट पछि हटेका थिए।

नतिजापछि नेम्वाङले प्रतिक्रिया दिँदै संसदीय दलको नेता चयन प्रक्रिया पार्टीभित्रको स्वाभाविक लोकतान्त्रिक अभ्यास भएको बताए। उनले परिणामलाई सकारात्मक रूपमा लिन आग्रह गर्दै स्वस्थ प्रतिस्पर्धाले पार्टी सुदृढीकरणमा योगदान पुर्‍याउने धारणा राखे।

आफूलाई कुनै दबाब नपरेको स्पष्ट पार्दै उनले पार्टीभित्रको मूल्यांकनका आधारमा अर्को उम्मेदवार चयन भएको हुन सक्ने उल्लेख गरे। परिणाम अपेक्षाअनुसार नआए पनि त्यसलाई स्वीकार गर्नु नै लोकतान्त्रिक संस्कार भएको उनको भनाइ छ।

युवा पुस्तालाई हतोत्साहित नहुन आग्रह गर्दै नेम्वाङले यो केवल सुरुवात भएको बताएका छन्। उनले आगामी दिनमा अझ पारदर्शी, बलियो र लोकतान्त्रिक अभ्यासमार्फत पार्टी अघि बढ्ने विश्वास व्यक्त गरे।

फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनपछि च्यासलस्थित केन्द्रीय कार्यालयमा बसेको बैठकले थापालाई संसदीय दलको नेतामा चयन गरेको हो।

आहा नेपाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *