नेप्लिज ब्लड डोनर्स एसोसिएसन अष्ट्रेलियाको आयोजनामामा रक्तदान कार्यक्रम सम्पन्न

 नेप्लिज ब्लड डोनर्स एसोसिएसन अष्ट्रेलियाको आयोजनामामा रक्तदान कार्यक्रम सम्पन्न

अष्ट्रेलिया, सिड्नी | अष्ट्रेलियामा बसोबास गर्ने नेपाली समुदायले रगत अभाव हुन नदिन रक्तदान कार्यक्रम आयोजना गरी मानविय सेवामा उल्लेखनीय योगदान दिएका छन्।

जन्मथलो नेपाल भए पनि कर्मथलो अष्ट्रेलियामा रहेका नेपालीहरू सामाजिक कार्यमा सक्रिय रहँदै स्थानीय समुदाय र सरकारी पहलहरूमा समेत सहयोग गर्दै आएका छन्।

यही क्रममा नेप्लिज ब्लड डोनर्स एसोसिएसन (NBDA) को आयोजना, रुपन्देही सामाजिक सञ्जाल अष्ट्रेलिया (RSNA) र फेडरेशन अफ नेप्लिज कम्युनिटी एसोसिएसन अष्ट्रेलिया (FeNcAA), न्यू साउथ वेल्स को सहकार्यमा सिड्नीको टाउनहलस्थित लाइफ ब्लड सेन्टरमा विशेष रक्तदान कार्यक्रम सम्पन्न गरिएको हो।

कार्यक्रममा ६ जनाले प्लाज्मा दान गरेका थिए भने १३ जनाले होल ब्लड (सामान्य रगत) दान गरेका थिए।
प्लाज्मा दान गर्नेहरूमा: सविना वश्याल, प्रकाश पन्थी, प्रसन्न दाहाल, सन्जय श्रेष्ठ, रमेश सापकोटा र केड्जिल डिमाकुलाङ्गान रहेका छन्।

होल ब्लड दान गर्नेहरूमा: शंकर प्रसाद शर्मा, रास्ना पालन्चोके, आश्मा ढुङ्गाना, योगेश पराजुली, उत्सव अर्याल, गणेश पन्थ, लक्ष्मण कुमार कार्की, मनकाश पिया, भुषण दंगोल, प्रकाश लामिछाने, सरोज पाठक, जमुना रोक्का र प्रदीप खनाल लगायत रहेका छन्।

कार्यक्रम NBDA अष्ट्रेलियाका अध्यक्ष मुक्तिराम पोखरेलको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रमको सञ्चालन NBDA का सचिव प्रसन्न दाहालले गर्दै यसको उद्देश्य र महत्वमाथि प्रकाश पारेका थिए भने स्वागत मन्तव्य सदस्य रास्ना पालन्चोकेले व्यक्त गरेकी थिइन्।

अध्यक्ष पोखरेलले सहभागी सबैलाई धन्यवाद दिँदै अष्ट्रेलियामा हुने रगतको अभाव न्यूनीकरण गर्न यस्ता कार्यक्रमलाई निरन्तरता दिने बताए। साथै इच्छुक व्यक्तिहरूले नजिकको ब्लड सेन्टरमा गई नियमित रूपमा रक्तदान गर्न सक्ने जानकारी पनि दिए।

कार्यक्रममा विभिन्न अतिथिहरूले पनि आफ्नो धारणा राखेका थिए। लुक्ला टिभि अष्ट्रेलियाका सम्पादक तथा एसोसिएसनका सल्लाहकार प्रोफेसर डा. राजु मानन्धर, सल्लाहकार भुवन पाण्डे, रुपन्देही सामाजिक सञ्जाल अष्ट्रेलियाका अध्यक्ष एवं NBDA का संरक्षक रञ्जिता भण्डारी, नेपाल चेम्बर अफ कमर्स अष्ट्रेलियाका दूत सन्देश राजभण्डारी तथा डिजि स्कुल अष्ट्रेलियाका प्रमोटर मनकाश पियालगायतले रक्तदानजस्तो पुण्य कार्यको प्रशंसा गरेका थिए।

उनीहरूले “रक्तदान जीवनदान” भन्ने सन्देशलाई व्यवहारमा उतार्दै मानव जीवन बचाउने अभियानमा सबै संघ–संस्थाहरूले सहकार्य, समन्वय र सक्रियता बढाउनुपर्नेमा जोड दिएका थिए। साथै अन्य सामुदायिक संघसंस्थालाई पनि यस्ता प्रेरणामूलक कार्यक्रम सञ्चालन गर्न आह्वान गरिएको थियो।

कार्यक्रममा आयोजक संस्थाका पदाधिकारी, सदस्य तथा अष्ट्रेलियामा रहेका नेपाली समुदायका विभिन्न क्षेत्रका व्यक्तिहरूको उत्साहजनक उपस्थिति रहेको थियो।

आहा नेपाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *