सहकारी जागरण अभियानले देखाएको सकारात्मक बाटो

 सहकारी जागरण अभियानले देखाएको सकारात्मक बाटो

आहा नेपाल सम्वाददाता,

सहकारी क्षेत्रको वर्तमान अवस्थाका बारेमा भइरहेको गलत प्रचार प्रसार तथा भ्रम सृजना गर्ने कार्यका विरुद्ध नेपाल कृषि सहकारी केन्द्रीय संघ लि. र साना किसान विकास लघुवित्त वित्तीय संस्था लि.का अध्यक्ष तथा राष्ट्रिय सहकारी महासंघका उपाध्यक्ष खेम बहादुर पाठकले देशव्यापी अभियान सञ्चालन गरिरहनुभएको छ ।
पाठकको नेतृत्वमा अहिलेसम्म हजारौँ सहकारीकर्मीहरुर्ला संस्थागत सुधार र सुशासनका विषयमा प्रशिक्षण दिने कार्य सम्पन्न भएको छ । यसैक्रममा बाग्लुङमा भएको एक कार्यक्रममा बाग्लुङ, पर्वत र म्याग्दीका कृषि सहकारी संघ, संस्थाका करिव २ सय जनाको सहभागितामा आम प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।
उक्त कार्यक्रममा संघका अध्यक्ष पाठकले केन्द्रीय संघ, प्रदेश संघ, जिल्ला संघ र प्रारम्भिक संस्थाका जिम्मेवार पदाधिकारीहरुले आ—आफ्नो ठाउँबाट सहकारी सुधारका लागि सक्दो कार्य गर्नुपर्नेमा जोड दिनुभयो ।

उहाँले सहकारी क्षेत्रलाई समग्रतामा हेरिएको भन्दै राम्रा सहकारीलाई राम्रो कामगर्नेहरुलाई राम्रो भनेर प्रोत्साहित गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।

अभियानका क्रममा अध्यक्ष पाठकले सम्पूर्ण सहकारीकर्मीहरुलाई पारिवारीक खेती कार्यक्रमको बारेमा समेत जानकारी दिँदै आउनुभएको छ । उहाँले आफ्नो खेतवारी बाँझो नराख्ने परिपाटीको विकास गर्न सके आफ्ना लागि आफै उत्पादन गर्ने वातावरणको विकास गर्दै आत्मनिर्भरको बाटो अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो ।

यसैगरी नेपाल कृषि सहकारी केन्द्रीय संघ लि. ले सुरु गरेको सदस्य वीमा कार्यक्रमका बारेमा समेत उक्त कार्यक्रममा छलफल भएको थियो ।

जिल्ला कृषि सहकारी संघ बाग्लुङका अध्यक्ष नर बहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल कृषि सहकारी केन्द्रीय संघ लि. का उपाध्यष पूर्ण शर्मा, गण्डकी प्रदेश कृषि सहकारी संघका अध्यक्ष रामजी अधिकारीलगायतको उपस्थिती रहेको थियो ।

आहा नेपाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *