किन मिल्दैन अख्तियार र विशेष अदालतको फैसला, दावी

 किन मिल्दैन अख्तियार र विशेष अदालतको फैसला, दावी

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट भएको फैसला उपर चित्त नबुझेको भन्दै विभिन्न दुई वटा मुद्दामा शुक्रबार सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ ।
आयोगले स्वास्थ्य उपकरण खरिद मूल्याङ्कन समितिका संयोजक तथा स्वास्थ्य निर्देशनालय धनकुटाका तत्कालीन निर्देशक चन्द्रदेव मेहता विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो । सो मुद्दामा आयोगले रु दुई करोड ८९ लाख ६६ हजार ५० बराबरको बिगो दाबी गरेको थियो ।

उक्त मुद्दामा विशेषले गत असार ३१ गते फैसला गरेको थियो । त्यस्तै, आयोगले कटहरिया नगरपालिका रौतहटका नगरप्रमुख अजयप्रकाशसमेत विरुद्ध मुद्दा दायर गरेको थियो ।

जमुनिया बजारमा रहेको सामुदायिक भवनमा टायल्स फ्लोरिङको काममा फिल्डमा भए गरेको कार्यभन्दा बढी परिमाण देखाई भुक्तानी गरेको पाइएको थियो । आयोगले रु १२ लाख ५२ हजार ९४१ बराबरको बिगो दाबी गरेको थियो । विशेषले सो मुद्दामा गत असार ३१ गते फैसला गरेको थियो ।

उक्त मुद्दामा विशेषले गरेको फैसला कानुन सम्मत नभएको दाबी गर्दै शुक्रबार पुनरावेदन गरेको आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलले जानकारी दिनéयो ।

आहा नेपाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *