गभर्नर नियुक्ति हुने सम्भावना बढेपछि नेप्सेमा उच्च वृद्धि

मंगलबार राष्ट्र बैंकका गभर्नर नियुक्ति हुने भनेपछि सेयर बजार परिसूचक नेप्सेमा उच्च वृद्धि भएको छ। सत्ता साझेदार नेपाली कांग्रेस र एमाले नेतृत्वबीच मंगलबार बिहान छलफल भएसँगै दिउँसो गभर्नर नियुक्त सिफारिस समितिको बैठक बोलाइएको छ।
त्यसलगत्तै मन्त्रिपरिषदको बैठक बोलाइएको समाचार बाहिरिएपछि १२ बजेर ४० मिनेटपछि बजार एकोहोरो बढ्न थालेको हो।
नप्से ४९.०९ अंकले बढेर २६७७.४५ विन्दुमा बन्द भएको छ।