वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ

 वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ

काठमाडौँ। वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभन देखाई विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा ललितपुर, ललितपुर महानगरपालिका–५ बस्ने महोत्तरी गौशाला नगरपालिका–१२ कान्ति बजार घर भएका ५५ वर्षीय बिर बहादुर घिसिङ र काठमाडौँ महानगरपालिका–३२ कोटेश्वर बस्ने महोत्तरी बर्दिबास नगरपालिका–६ घर भएका ३९ वर्षीय दिनेश खड्का रहेका छन् ।

पीडितहरूको उजुरीको आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले मङ्गलवार बिर बहादुरलाई काठमाडौँ महानगरपालिका–१२ टेकुबाट र दिनेशलाई काठमाडौँ महानगरपालिका–३२ कोटेश्वरबाट पक्राउ गरेको हो ।

आहा नेपाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *