चारवटा संसदिय समितिको बैठक बस्दै, यी हुन् कार्यसूची

 चारवटा संसदिय समितिको बैठक बस्दै, यी हुन् कार्यसूची

संघीय संसद अन्तर्गत चारवटा संसदीय समितिको बैठक शुक्रबार बस्दैछ। बिहान साढे आठ बजे कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठक बस्दैछ। बैठकमा आगामी असार २ र ३ गते हुने हिन्दकुश हिमालयका जनप्रतिनिधिहरू सहभागि रहने सम्मेलनबारे छलफल हुनेछ।

उक्त कार्यक्रमबारे वन तथा वातावरण, परराष्ट्र मन्त्रालय र राष्ट्रिय योजना आयोगसँग छलफल गर्ने कार्यसूची छ।

राज्य व्यवस्था तथा सुशासन समितिको ७६ औं बैठक आज बस्दैछ। बिहान साढे आठ बजे कानुन, न्याय तथा मानव अधिककार समितिको सभाकक्षमा बस्ने बैठकमा नेपाल नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयक २ ०८१ माथि संशोधन प्रस्तावकर्ता सांसदहरूसँग छलफल गर्ने कार्यसूची छ।

सार्वजनिक लेखा समितिको ४३ औं बैठक पनि आज बस्दैछ। बिहान १०ः३० बजे बस्ने बैठकमा २३औं वार्षिक प्रतिवेदनको मस्यौदा वितरण गर्ने कार्यसूची छ।

राष्ट्रिय सभाअन्तर्गत् विधायन व्यवस्थापन समितिको ७३ औं बैठक आज बस्दैछ। बिहान ९ बजे बस्ने बैठकमा केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक २०८० माथि दफावार छलफल गर्ने कार्यसूची छ।

आहा नेपाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *