अष्ट्रेलियामा अनेसास कविता महोत्सव २०२५ आयोजना हुँदै
मुक्तिराम पोखरेल। अष्ट्रेलिया
अन्तराष्ट्रीय साहित्यक समाज अष्ट्रेलिया न्यू साउथ वेल्थ च्याप्टरको आयोजनमा २१२ औँ भानु जयन्तीको अवसरमा अनेसास कविता महोत्सव २०२५ आयोजना गरिएको छ ।
जुलाई १२ शनिवारका दिन सिड्निको ब्ल्याकटाउनमा आयोजना गरिएको महोत्सवमा नेपालको पहिचान र परिचयसंगै भाषा, कला साहित्यको संरक्षणमा सहयोग पुग्ने गरी विभिन्न कविता वाचन गर्ने कार्यक्रम रहेको छ ।

समाजले आफ्नो स्थापनाकालदेखि नै नेपाली भाषा साहित्य संस्कृतीको संरक्षण गर्दै साहित्यिक सर्जकहरु र वालवालिकाहरुको सहभागितामा विभिन्न समयमा कार्यक्रमहरु गर्दै आएको छ ।
विभिन्न गतिविधि मार्फत आफना कार्यहरुलाई अगाडि बढाइरहेको यस समाजका अध्यक्ष डा. प्रकाश पौडेलले हरेक वर्ष गर्दै आएको कार्यक्रमलाई यस वर्ष अझै प्रभावकारी बनाउनेगरी तयारी गरिरहेको बताउनुभयो ।
साथै कविता महोत्सवमा सर्जकहरुको विशेष प्रस्तुति हुने भएकोले साहित्यिक क्षेत्रमा चाहना राख्नेहरु, सामाजिक अगुवाहरु, सरोकारवाला संस्थाका प्रतिनिधिहरुलाई कार्यक्रममा सहभागि हुन महासचिव भावना पराजुलिले अनुरोध गर्नु भएको छ ।
नेपालबाट बाहिर रहेर पनि देशको कला, साहित्य, संस्कृति, भाषा र परम्परालाई जगर्नेमा कार्यक्रमले ठूलो सहयोग पुग्ने भन्दै समाजका काममा धेरै नेपालीहरुको सहभागिता बढ्दै गएको छ ।
