मधेश प्रदेशको उत्कृष्ट सहकारी लक्ष्मीनियाँ

 मधेश प्रदेशको उत्कृष्ट सहकारी लक्ष्मीनियाँ

महिला साना किसान कृषि सहकारी संस्था लि। लक्ष्मीनियाँ मधेशकै उत्कृष्ट सहकारी पुरस्कारबाट पुरस्कृत भएको छ ।

१ सय ३ औं अन्तर्राष्ट्रिय सहकारी दिवसको अवसरमा सघीय सरकारको भुमी व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालय र राष्ट्रिय सहकारी महासंघले आयोजना गरेको कार्यक्रममा मघेस प्रदेशबाट लक्ष्मीनियालाई उत्कृष्ट सहकारीका रुपमा पुरस्कृत गरिएको हो ।

विशेष कार्यक्रममा भूमी व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले पुरस्कार प्रदान गर्नुभएको हो ।

पुरस्कार संस्थाको अध्यक्ष बबिता देवी यादव, प्रवन्धक सरोज यादव र सह प्रवन्धक रुकमिनी यादवले ग्रहण गर्नुभएको थियो ।
लक्ष्मीनियाँ गाउँपालिकामा रहेको यस सहकारीले महिला सशक्तिकरण र कृषकको उत्पादन र उत्पादकत्व वृद्धिका लागि काम गर्दै आएको छ ।
पुरस्कार प्राप्त गरेपछि संस्थाका प्रवन्धक सरोज यादवले यस पुरस्कारले आफुहरुलाई थप जिम्मेवार भएर ग्रामिण किसान र महिलाको क्षमता अभिवृद्धिको लागि काम गर्ने जिम्मेवारी थपेको बताउनुभयो ।

आहा नेपाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *