अक्टोबर ८ः नेपाल र कुवेत,अक्टोबर १०ः नेपाल र जापान टी–२० विश्वकप छनोटमा नेपाल, कुवेत र जापान समूह ‘बी’ मा, अक्टोबर ८ मा पहिलो खेल

 अक्टोबर ८ः नेपाल र कुवेत,अक्टोबर १०ः नेपाल र जापान टी–२० विश्वकप छनोटमा नेपाल, कुवेत र जापान समूह ‘बी’ मा, अक्टोबर ८ मा पहिलो खेल

काठमाडौँ । आगामी अक्टोबरमा ओमानमा आयोजना हुने पुरुष टी–२० विश्वकपको एसिया तथा इस्ट एसिया–प्यासिफिक क्षेत्रीय छनोटमा नेपाल, कुवेत र जापान समूह बी मा परेका छन्।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसिसी)ले बिहीबार सार्वजनिक गरेको समूह विभाजन अनुसार प्रतियोगितामा सहभागी ९ टोलीलाई तीन समूहमा विभाजन गरिएको छ। नेपालले समूह चरणमा अक्टोबर ८ मा कुवेत र अक्टोबर १० मा जापानसँग प्रतिस्पर्धा गर्नेछ।

प्रतियोगिता अक्टोबर ८ देखि १७ सम्म ओमानको अल अमेरातस्थित क्रिकेट एकेडेमी मैदानमा हुनेछ। सहभागी टोलीहरूमा आयोजक ओमानसहित उप–क्षेत्रीय छनोट पार गरेका कुवेत, मलेसिया, युएई, कतार, जापान र सामोआ तथा नेपाल र पपुवा न्यूगिनी छन्।

समूह ए मा युएई, मलेसिया र कतार छन् भने समूह सी मा ओमान, पपुवा न्यूगिनी र सामोआ छन्। प्रत्येक समूहका शीर्ष दुई टोली सुपर सिक्स चरणमा प्रवेश गर्नेछन्।

सुपर सिक्स चरण अक्टोबर १२ देखि सुरु भई १७ सम्म चल्नेछ। सुपर सिक्स चरणको अन्त्यमा शीर्ष तीन टोलीले सन् २०२६ मा भारत र श्रीलंकामा हुने पुरुष टी–२० विश्वकपमा स्थान बनाउनेछन्।

टी–२० विश्वकपका लागि १२ टोली सिधै छनोट भइसकेका छन् भने बाँकी आठ स्थान क्षेत्रीय छनोटबाट तय हुनेछ। एसिया तथा इस्ट एसिया–प्यासिफिक क्षेत्रबाट तीन टोलीले विश्वकपको यात्रा तय गर्नेछन्।

समूह विभाजनः

  • समूह एः युएई, मलेसिया, कतार
  • समूह बीः नेपाल, कुवेत, जापान
  • समूह सीः ओमान, पपुवा न्यूगिनी, सामोआ

नेपालको समूह चरणको खेल तालिकाः

  • अक्टोबर ८ः नेपाल र कुवेत
  • अक्टोबर १०ः नेपाल र जापान

आहा नेपाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *