लगानीकर्ता बैँक तर्फ, बजार हरियो बाटोमा
काठमाडौं । बिहीबार सेयर बजार करिब ४ महिनाकै उच्चतम अंकमा पुगेको छ । अघिल्लो दिनको तुलनामा आज नेप्से परिसूचक २५.८९ अंक बढेसँगै २७३१ मा कायम भएको छ ।
आज सेयर बजारमा कारोबार रकम पनि बढेको छ । अघिल्लो दिन ७ अर्ब ४५ करोडको कारोबार भएकोमा आज ९ अर्ब ६८ करोडको भयो ।
१६१ कम्पनीको मूल्य बढ्यो भने ८७ को घट्यो । बिहीबार पनि वाणिज्य बैंकहरुकै सेयरमा आकर्षण देखिएको छ । नेप्से ०.९५ प्रतिशत बढ्दा सो समूह सबैभन्दा धेरै ३.०२ प्रतिशत बढ्यो ।
