नाडा अटो शो २०२५ : नेपालमा पहिलो फ्लाइङ कारसहित भृकुटिमण्डपमा भव्य तयारी

 नाडा अटो शो २०२५ : नेपालमा पहिलो फ्लाइङ कारसहित भृकुटिमण्डपमा भव्य तयारी

काठमाडौं, साउन — २०२५ आगामी अगस्ट १९ देखि २४ गतेसम्म काठमाडौंको भृकुटिमण्डपमा आयोजना हुने नाडा अटो शो को तयारी पुरा भएको छ ।

नेपाल अटोमोबाइल्स डिलर्स एसोसिएसन (NADA) ले आयोजना गर्ने यो प्रदर्शनीलाई यसपटक “Go For More” भन्ने थिम दिइएको छ।

यस वर्षको अटो शोमा करिब ९० भन्दा बढी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ब्रान्डहरूको सहभागिता रहने छ भने १२० भन्दा बढी स्टलहरू राखिने जनाइएको छ।

प्रदर्शनीमा चार–पहिया, दुई–पहिया, व्यावसायिक गाडी, अटो पार्ट्स, वित्तीय सेवा र नयाँ प्रविधिहरू प्रदर्शन गरिनेछन्।

यसपटकको अटो शो को सबैभन्दा ठूलो आकर्षण भनेको Deepal कम्पनीको eVTOL फ्लाइङ कार हुनेछ, जुन पहिलोपटक नेपालमा प्रदर्शन हुँदैछ।

साथै, UNITREE Robotics का अत्याधुनिक रोबोट, विभिन्न इलेक्ट्रिक भेइकल्स (EVs), हाइब्रिड गाडी, तथा दिगो मोबिलिटी प्रविधिहरू पनि प्रस्तुत गरिनेछन्।

कार्यक्रममा विन्टेज कार शो, Made in Nepal Pavilion, अन्तर्राष्ट्रिय व्यवसायिक पभिलियन, र स्मार्ट मोबिलिटी सम्बन्धी सेमिनार तथा वर्कशप पनि हुने छन्।

नाडा अटो शो हेर्न प्रवेश शुल्क सामान्यका लागि रु. २०० र विद्यार्थीका लागि रु. १५० निर्धारण गरिएको छ। टिकटहरू Khalti डिजिटल वालेट मार्फत अनलाइन खरिद गर्न सकिनेछ।

नाडा अटोमोबाइल्स डिलर्स एसोसिएसनका अध्यक्ष करन चौधरीले अटो शोबारे आफ्नो धारणा व्यक्त गर्दै भने : “नाडा अटो शो अब केवल नयाँ गाडी हेर्ने वा ब्रान्ड प्रदर्शन गर्ने मेला मात्र होइन, यो नेपालका लागि भविष्यको यातायात र प्रविधि कस्तो हुने भन्ने दिशानिर्देश दिने ठूलो प्लेटफर्म हो।

यस वर्ष हामीले पहिलोपटक फ्लाइङ कार र स्मार्ट रोबोट सार्वजनिक गर्न लागेका छौँ, जसले नेपाली उपभोक्तामा नयाँ सम्भावनाको ढोका खोल्नेछ। हामी दिगो मोबिलिटी, इलेक्ट्रिक गाडी र प्रविधि अंगाल्दै नेपालको अटो उद्योगलाई नयाँ स्तरमा पुर्‍याउने लक्ष्यमा छौँ।”

आहा नेपाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *