मनाङका दुर्गम स्थानमा ‘फोर जी’ सेवा सुरु

 मनाङका दुर्गम स्थानमा ‘फोर जी’ सेवा सुरु

काठमाडौं । मनाङका अत्यन्तै दुर्गम र विकट स्थानहरुमा ‘फोर जी’ सेवा सुरु भएको छ ।

मनाङका दुर्गम र विकट भनेर चिनिने ठाउँ पिसाङ, टंकी मनाङ र खाङसार लगायतका स्थानमा टेलिकमले ‘फोर जी’ सेवा सञ्चालनमा ल्याएको छ ।

आइतबार एक प्रेस विज्ञप्ती जारी गर्दै टेलिकमले भू–धरातलीय तथा भौगोलिक हिसाबले अत्यन्तै दुर्गम र विकट स्थानहरुमा नयाँ बीटीएस स्थापना गरी मोबाइल सेवाको सञ्चालन तथा कतिपय स्थानहरुमा गुणस्तर अभिवृद्धिको कार्य सम्पन्न गरेको जनाएको छ ।

आहा नेपाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *