सञ्‍चारमन्त्रीमा जगदीश खरेलको नाम सिफारिस

 सञ्‍चारमन्त्रीमा जगदीश खरेलको नाम सिफारिस

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले सञ्‍चार तथा सूचना प्रविधिमन्त्रीमा जगदीश खरेलको नाम सिफारिस गरेकी छिन् ।  उनले आइतबार राष्ट्रपति समक्ष खरेलको नाम सिफारिस गरेकी हुन् ।

पत्रकार खरेल इमेज टिभीका समाचार प्रमुख थिए ।दुई दशक भन्दा समयदेखि पत्रकारिता गरिरहेका खरेलले त्रिभूवन विश्वविद्यालयबाट पत्रकारिता तथा आमसञ्चारमा स्नातकोत्तर गरेका छन् ।

प्रधानमन्त्री कार्कीले  राजनीतिक दल भन्दा बाहिरका व्यक्तिलाई मन्त्री बनाएकी हुन् ।

यसै अन्तर्गत उनले विषयगत क्षेत्रका  दलमा आबद्ध नभएका व्यक्तिलाई मन्त्रीमा सिफारिस गरेकी हुन् ।

आहा नेपाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *