देशभरबाट बाहिरियो मनसुन, कोशी प्रदेशमा वर्षाको सम्भावना कायमै

 देशभरबाट बाहिरियो मनसुन, कोशी प्रदेशमा वर्षाको सम्भावना कायमै

Rainy weather

काठमाडौँ । यस वर्षको मनसुन नेपालको सम्पूर्ण भूभागबाट बहिरिसकेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

हाल गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ ।

आज दिउँसो कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मुख्यतया सफा रहने छ । कोशी प्रदेशको पहाडी भूभागका एक–दुई स्थान हल्का वर्षाको सम्भावना रहेको छ ।

आज राति कोशी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मुख्यतया सफा रहने छ ।

आहा नेपाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *