सुनको मूल्य तोलामा २५ सयले बढ्यो, चाँदी घट्यो

 सुनको मूल्य तोलामा २५ सयले बढ्यो, चाँदी घट्यो

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य उकालो लागेको छ ।

नेपाली सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार फागुन १९ सुनको मूल्य २५ सय रुपैयाँले बढेको हो ।

महासंघका अनुसार, आजका लागि प्रतितोला तीन लाख २८ हजार ६०० रुपैयाँ तोकिएको छ ।

अघिल्लो दिन तीन लाख २६ हजार १०० रुपैयाँमा कारोबार भएको थियो ।

यसैगरी, चाँदी २०५ रुपैयाँले घटेको छ ।

अघिल्लो दिन प्रतितोला ६ हजार २० रुपैयाँमा किनबेच भएको चाँदी यस दिन पाँच हजार ८१५ रुपैयाँ तोकिएको छ ।

 

आहा नेपाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *