मौनअवधि सुरु हुँदै राजधानीमा आगजनी, गाडी निशानामा

 मौनअवधि सुरु हुँदै राजधानीमा आगजनी, गाडी निशानामा

काठमाडौं । प्रतिनिधिसभा निर्वाचनको मौनअवधि सुरू भएकोसँगै राजधानी काठमाडौंको  दुई स्थानमा आज बिहान दुई वटा गाडीमा आगजनी गरिएको छ ।

राजधानीको  सुकेधारा र नैकापमा बिहान करिब  ३ बजेतिर सो गाडीमा आगजनी गरिएको प्रहरीले जानकारी दिएको छ ।

आगजनी भएको गाडीमा राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति तथा नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईँको पर्चा समेत भेटिएको छ ।

निर्वाचन बिथोल्न लागि विभिन्न अभिव्यक्ति र क्रियाकलापमा संलग्न अभियन्ता प्रसाईँलाई नेपाल प्रहरीले पटक पटक पक्राउ गर्दै आएको छ ।

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता अबि नारायण काफ्लेका अनुसार दुई वटा सवारी साधनमा आगजनी गरिएको र नेपाल प्रहरीले त्यसको अनुसन्धान गरी रहेको जानकारी दिए । उनका अनुसार सुकेधारा बा ७ च १४०१ र नैकापमा बीएए २८३६ नम्बरको गाडीमा आगजनी गरिएको बताए ।

आहा नेपाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *