सनई टाकाइची बनिन् जापानको पहिलो महिला प्रधानमन्त्री

 सनई टाकाइची बनिन् जापानको पहिलो महिला प्रधानमन्त्री

टोकियो — जापानले आफ्नो इतिहासमा पहिलोपटक महिला प्रधानमन्त्री पाएको छ। सत्तारूढ लिबरल डेमोक्र्याटिक पार्टी (एलडिपी) की नेता साना टाकाइची मंगलबार जापानी संसदको तल्लो सदनबाट प्रधानमन्त्रीमा अनुमोदन भएकी छन्।

टाकाइचीले प्रतिनिधि सभाका ४६५ सदस्यमध्ये २३७ मत प्राप्त गर्दै आवश्यक २३३ मतको सीमा पार गरेकी हुन्। त्यसपछि उनी प्रधानमन्त्री बन्ने निश्चित भएको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ। अब उनलाई माथिल्लो सदनले पनि अनुमोदन गर्ने सम्भावना उच्च रहेको बताइन्छ।

६४ वर्षीया टाकाइचीले सन् २०२१ र गत वर्ष गरी दुई पटक पार्टी नेतृत्वका लागि प्रतिस्पर्धा गरे पनि पराजित भएकी थिइन्। यस वर्षको भदौमा उनले अन्ततः एलडिपीको नेताको रूपमा जित हासिल गरेकी हुन्। एलडिपीको नेता बन्ने व्यक्ति संसदमा बहुमत सिद्ध गर्न सकेपछि प्रधानमन्त्री बन्ने परम्परा रहेको छ।

गत अक्टोबरमा प्रधानमन्त्री बनेका इशिबाका कार्यकालमा पार्टीले संसदका दुवै सदनमा बहुमत गुमाएको थियो। त्यसपछि दलभित्र असन्तुष्टि बढ्दै गएपछि इशिबाले राजीनामा दिएका थिए। त्यसपछि टाकाइचीले नेतृत्व ग्रहण गरेकी हुन्।

सन् २०१२ यता जापानमा एलडिपी पार्टीको वर्चस्व निरन्तर कायम छ, र टाकाइचीको प्रधानमन्त्री नियुक्तिसँगै देशको राजनीतिमा नयाँ अध्याय सुरु भएको मानिन्छ।

आहा नेपाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *