कृषि विकास बैंकलाई SAFA का तीन विधामा अन्तर्राष्ट्रिय अवार्ड

 कृषि विकास बैंकलाई SAFA का तीन विधामा अन्तर्राष्ट्रिय अवार्ड

काठमाडौँ । कृषि विकास बैंक लिमिटेडले साउथ एशियन फेडेरेशन अफ एकाउन्टेन्ट्स (SAFA) द्वारा प्रदान गरिने तीन प्रतिष्ठित पुरस्कार प्राप्त गर्नुभएको छ।

पाकिस्तानको इस्लामाबादमा बिहीबार आयोजित कार्यक्रममा बैंकले ‘उत्कृष्ट प्रस्तुत वार्षिक प्रतिवेदन पुरस्कार’ (Best Presented Annual Report Award), ‘एकीकृत प्रतिवेदन पुरस्कार’ (Integrated Reporting Award) र ‘कर्पोरेट गभर्नेन्सका लागि सार्क वार्षिकोत्सव पुरस्कार २०२४’ (SAARC Anniversary Award for Corporate Governance Disclosure 2024) प्राप्त गरेको हो ।

उक्त पुरस्कारहरू सार्वजनिक क्षेत्रको बैंक श्रेणी अन्तर्गत प्रदान गरिएको बैंकले जनाएको छ। समारोहमा बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङले पुरस्कार ग्रहण गर्नुभएको थियो।

बैंकका अनुसार, प्राप्त अवार्डहरूले कृषि विकास बैंकको पारदर्शिता, उत्कृष्टता तथा सुदृढ सुशासनप्रति रहँदै आएको निरन्तर प्रतिबद्धतालाई झल्काउने बताइएको छ।

साथै, यसले बैंकलाई सरोकारवालाहरूका लागि विश्वसनीय र गुणस्तरयुक्त वित्तीय रिपोर्टिङ प्रदान गर्न निरन्तर प्रेरित गरेको बैंकले उल्लेख गरेको छ।

यसअघि पनि बैंकले चार्टर्ड एकाउन्टेन्ट संस्थाद्वारा प्रदान गरिने राष्ट्रिय उत्कृष्ट वार्षिक प्रतिवेदन अवार्ड २०२४ प्राप्त गरिसकेको जानकारी बैंकले गराएको छ।

आहा नेपाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *