एसीसी यु-१९ प्रिमियर कप: उपाधिका लागि आज नेपाल यूएईसँग भिड्दै

 एसीसी यु-१९ प्रिमियर कप: उपाधिका लागि आज नेपाल यूएईसँग भिड्दै

काठमाडौं । संयुक्त अरब इमिरेट्स (यूएई)मा जारी एसीसी पुरुष यु–१९ प्रिमियर कप क्रिकेटको उपाधिका लागि नेपाल र आयोजक यूएईबीच आज प्रतिस्पर्धा हुँदै छ ।   उपाधिका लागि खेल बिहान १०ः३० बजे अजमानस्थित करवान मैदानमा हुनेछ ।

नेपालले मलेसियालाई नौ विकेटले हराएर उपाधिनजिक पुगेको हो । यूएईले भने ओमानलाई आठ विकेटले पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गरेको हो ।

नेपाल र यूएई एसिया कप खेल्नका लागि भने छनोट भइसकेका छन् । प्रतियोगिताको फाइनलमा पुग्ने दुवै टोली सिधै एसिया कपमा छनोट हुने प्रावधान छ ।

सेमिफाइनलमा पराजित हुने टोलीबीच तेस्रो स्थानका लागि खेल हुने र तेस्रो स्थान हासिल गर्ने टोली पनि एसिया कपमा पुग्ने नियम छ ।

तेस्रो स्थानका लागि सोमबार मलेसिया र ओमान खेल्नेछन् । प्रतियोगितामा १४ टोलीको सहभागिता थियो । यू–१९ एसिया कप आगामी डिसेम्बरमा यूएईमा हुँदै छ ।

 

आहा नेपाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *