कृषि विकास बैँकको साधरण सभा सम्पन्न, ३.२५ प्रतिशत बोनस शेयर र ९.७५ प्रतिशत नगद लाभांश पारित

 कृषि विकास बैँकको साधरण सभा सम्पन्न, ३.२५ प्रतिशत बोनस शेयर र ९.७५ प्रतिशत नगद लाभांश पारित

मंसिर २९, काठमाण्डौ । कृषि विकास बैंक लि.को उन्नााईसौ वार्षिक साधरणसभाले ३.२५ प्रतिशत बोनस शेयर र ९.७५ प्रतिशत नगद लाभांश पारित गरेको छ ।

बैँकको तालिम केन्द्र भक्तपुरको बोडेमा भएको साधारण सभाले शेयर धनीहरुलाई चुक्ता पूंजीको ३.२५ प्रतिशत बोनस शेयर र नगद लाभांश स्वरुप ९.७५ प्रतिशत (कर सहित) उपलव्ध गराउने प्रस्ताव समेत पारित गरेको हो ।

पारित सेयर र लाभांश यथाशिघ्र शेयरधनीहरुलाई उपलव्ध गराईने बैँकका प्रवक्ता हिमाल पौडेलद्धारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ । सधारण सभा बैंक संचालक समितिका अध्यक्ष डिम प्रसाद पौडेलको अध्यक्षतामा सम्पन्न भएको थियो ।

साधरणसभामा महालेखा नियन्त्रक कार्यालयका प्रतिनिधी मुक्तीरमण पराजुली लगायत ९ जनाले आफनो भनाई राख्दै बैँकले हासिल गर्दै गएको व्यवसायीक सफलताका बारेमा अझै धेरै नागरिकलाई जानकारी गराउँदै उद्यमसंग जोड्ने कार्यमा अगाडि बढ्न समेत शुभकामना प्रदान गर्नुभएको थियो ।

बैँकका शेयरधनीहरुले बैँक नागरिकको बैँकका रुपमा स्थापित हुँदै गइरहेको सन्दर्भमा व्यवसायीक क्षेत्रहरुको पहिचान र लगानीलाई अझै बढाव दिँदै जानुपर्ने सुझाव दिनुभएको थियो ।

शेयरधनीहरुले राखेका जिज्ञासा र दिएका सुझावका सम्वन्धमा बैँक सञ्चालक समितिका अध्यक्ष डिम प्रसाद पौडेलज्यूले स्पष्ट पार्दै शेयरधनीहरुबाट प्राप्त सुझावहरुलाई नियमानुसार कार्यन्वयन गर्दै जाने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो ।

साधरणसभामा विभिन्न निकाय/संघ/संस्थाका प्रतिनिधि, बैंकमा कार्यरत उच्च व्यवस्थापक, कर्मचारीहरु र बैंक संचालक समितिका सदस्यहरु सेवन्तक पोखरेल, डा.हरी बहादुर के.सी, गोविन्द प्रसाद भट्टराई, संजिव पौडेल, विनोद कुमार गुरागाँई , रीता सुवेदी र प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङको उपस्थिती रहेको थियो ।

साधारण सभाको संचालन बैंकका कम्पनी सचिव हिमलाल पौडेलले गर्नु भएको थियो ।

आहा नेपाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *