मधेश प्रदेशसभाको सभामुख पदमा रामअशिष यादव विजयी

 मधेश प्रदेशसभाको सभामुख पदमा रामअशिष यादव विजयी

काठमाडौँ । मधेस प्रदेशसभाको सभामुख पदमा रामआशिष यादव विजयी भएका छन् । मधेस प्रदेश सभामा रिक्त सभामुख चयनका लागि आइतबार (आज) निर्वाचन भएको थियो ।

सात दलीय गठबन्धनबाट जनता समाजवादी पार्टी नेपालका प्रमुख सचेतक रामआशिष यादव र नेकपा एमालेबाट प्रदेश सांसद त्रिलोकी प्रसादले सभामुखका लागि उम्मेदवारी दिएका थिए ।

जम्मा खसेको ९६ मतमध्ये यादवले ७२ मत प्राप्त गर्दै विजयी हुँदा त्रिलोकी प्रसादले २४ मत मात्रै पाए । निवर्तमान सभामुख रामचन्द्र मण्डल मंसिर ३ गते पदमुक्त भएपछि निर्वाचन गर्नुपरेको हो ।

आहा नेपाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *