देशभर पश्चिमी वायुको प्रभाव, तराईमा हुस्सु र कुहिरो
काठमाडौं । देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। तराई भूभागका धेरै स्थानमा आज बिहानैदेखि कुहिरो र हुस्सु लागिरहेको छ ।
काठमाडौंमा आज बिहान पौने ६ बजको न्यूनतम तापक्रम ३।६ डिग्री सेल्सियस रहेको छ । दिउँसो १५ देखि १७ डिग्री सेल्सियससम्म पुग्ने पूर्वानुमान रहेको जल तथा मौसम विज्ञान विभागले बताएको छ ।
दिउँसो तराई भूभागका अधिकांश स्थानहरूमा हुस्सु र कुहिरो रहनेछ । देशका पहाडी तथा हिमाली भूभागमा मौसम मुख्यतया सफा रहनेछ ।
विभागले राति तराई भूभागका केही स्थानहरूमा हुस्सु रहनेछ । देशका पहाडी तथा हिमाली भूभागमा मौसम मुख्यतया सफा रहनेछ ।
