कृषि विकास बैंकको ५९औँ वार्षिकोत्सवको अवसरमा मैत्रीपूर्ण फुटसल खेल सम्पन्न

 कृषि विकास बैंकको ५९औँ वार्षिकोत्सवको अवसरमा मैत्रीपूर्ण फुटसल खेल सम्पन्न

काठमाडौं । कृषि विकास बैंक लिमिटेडको ५९औँ वार्षिकोत्सवको अवसरमा बैंक व्यवस्थापन र बैंकमा क्रियाशील युनियनबीच मैत्रीपूर्ण फुटसल खेल सम्पन्न भएको छ ।

बैंक युनियन, कर्मचारी तथा व्यवस्थापनबीच आपसी भाइचारा, आत्मीयता र असल सम्बन्ध अभिवृद्धि गर्ने उद्देश्यसहित २०८२ माघ ३ गते आयोजना गरिएको मैत्रीपूर्ण फुटसल खेलमा दुवै समुहले ४–४ गोल गरेपछि बराबरीमा सम्पन्न भएको हो ।

खेलमा व्यवस्थापनको तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङ, उप–महाप्रबन्धकहरू तथा विभागीय प्रमुखहरूको उल्लेखनीय उपस्थिति रहेको थियो । त्यसैगरी युनियनको तर्फबाट बैंकमा क्रियाशील विभिन्न युनियनका अध्यक्षहरू तथा प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।

उत्साहपूर्ण र मैत्रीपूर्ण प्रतिस्पर्धाका साथ सम्पन्न उक्त फुटसल खेल ४–४ गोलको बराबरीमा टुंगिएको थियो । कृषि विकास बैंक लिमिटेड नेपाल सरकारको स्वामित्वमा सञ्चालित देशकै अग्रणी विकास बैंक हो ।

स्थापनाकालदेखि नै कृषि, पशुपन्छी, साना तथा मझौला उद्यम, सहकारी, लघुवित्त तथा ग्रामीण वित्तमा केन्द्रित रही बैंकले ग्रामीण अर्थतन्त्रको विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ ।

देशभर फैलिएको शाखा सञ्जालमार्फत बैंकले किसान, उद्यमी, सहकारी संस्था तथा आम नागरिकलाई वित्तीय सेवा प्रदान गर्दै आएको छ ।

बैंकले कृषिमा आधारित उत्पादनशील कर्जा प्रवाह, सहुलियतपूर्ण कृषि कर्जा, लघुवित्त तथा विपन्न वर्ग लक्षित कार्यक्रम, डिजिटल बैंकिङ सेवाको विस्तार, वित्तीय पहुँच अभिवृद्धि र वित्तीय साक्षरता प्रवर्द्धनजस्ता क्षेत्रमा उल्लेखनीय उपलब्धि हासिल गरेको छ ।

पछिल्ला वर्षहरूमा प्रविधिमैत्री सेवा विस्तार, सुशासन सुदृढीकरण तथा सेवा गुणस्तर सुधारमा पनि बैंकले उल्लेखनीय प्रगति गरेको छ ।

आहा नेपाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *