निर्वाचन एकै चरणमा हुन्छ, नयाँ प्रतिनिधि सभालाई सत्ता सुम्पिएर घर जान्छौँ: प्रधानमन्त्री कार्की

 निर्वाचन एकै चरणमा हुन्छ, नयाँ प्रतिनिधि सभालाई सत्ता सुम्पिएर घर जान्छौँ: प्रधानमन्त्री कार्की

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले तोकिएकै मितिमा निर्वाचन हुनेमा ढुक्क हुन आग्रह गरेकी छन्।

बिहीबार मतपत्र छपाइस्थल जनक शिक्षा सामग्री केन्द्रको प्रेसमा अनुगमनपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रधानमन्त्री कार्कीले निर्वाचन एकै चरणमा हुने भन्दै निश्चिन्त रहनसमेत सबैमा आग्रह गरिन्।

उनले निर्वाचनको समयमा सबै भूगोलको मौसमसमेत अनुकुल रहने विश्वास व्यक्त गर्दै सबै मतदाताले निर्वाध रूपमा मतदान गर्न पाउने विश्वास व्यक्त गरिन्। निर्वाचनपछि निर्वाचित प्रतिनिधि सभालाई सरकार हस्तान्तरण गरी वर्तमान आफूहरु घर फर्किने उनको भनाइ छ।

उनले भनिन्, ‘ढुक्क र निश्चिन्त हुनुस्, एकैदिनमा हुन्छ चुनाव। दुई चोटी हुनेवाला छैन। तोकिएकै मितिमा हुन्छ। मलाई लाग्छ, मौसम पनि राम्रो हुनेछ। हामी सबैले मतदान गर्न पाउनुहुनेछ। निर्वाचित प्रतिनिधि सभालाई सरकार हस्तान्तरण गर्छौँ र आफ्नो घर जान्छौँ।’

उनले स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्न निर्वाचन आयुक्तको भूमिका प्रसंशनीय रहेको बताइन्। केही दिनअघि नवलपरासीको हात्तीखोरमा सञ्चारकर्मीहरूसँग भने प्रधानमन्त्री कार्कीले हिमाली जिल्लामा चिसो बढे चुनाव सार्न सकिने बताएकी थिइन्।

 

आहा नेपाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *