काठमाडौं । नवौं एनभीए भलिबल च्याम्पियनसिप अन्तर्गत पुरुष र महिला दुवैतर्फ सेमिफाइनलका खेलहरू आज हुँदैछन् । महिलातर्फ पहिलो सेमिफाइनलमा समूह ए को विजेता न्यु डायमन्ड र समूह बी को उपविजेता एपीएफ क्लब खेल्नेछन् । खेल विहान ९ बजेदेखि हुनेछ । दोस्रो सेमिफाइनलमा समूह ए को उपविजेता त्रिभुवन आर्मी क्लब र समूह बी को विजेता नेपाल […]Read More
काठमाडौं। नवौं एनभीए महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपमा हेल्प नेपाल क्वार्टरफाइनलमा प्रवेश गरेको छ। त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा आइतबार सम्पन्न समूह ‘ए’को खेलमा मणिमुकुन्द भलिबल क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै अन्तिम ८ मा स्थान बनाएको हो। जितसँगै हेल्प नेपालले ३ अंक पुर्यायो। पहिलो खेलमा हेल्प नेपालले एपीएफलाई ३–० कै […]Read More
काठमाडौँ । लमजुङको बेसीशहरमा आयोजना हुने ३३औँ त्रिवेणी कप राष्ट्रव्यापी फुटबल प्रतियोगिता आजदेखि सुरु हुने भएको छ। प्रतियोगिताका सम्पूर्ण खेलहरू DishHome GO एप र Action Sports HD1 मार्फत प्रत्यक्ष प्रसारण गरिने आयोजकले जानकारी दिएका छन्। उदघाटन खेलमा सुन्दरबजार एफसी र एपीएफ भिडनेछन । खेल दिउसो २ बजेबाट सुरु हुनेछ । प्रतियोगितामा १६ टिमहरू उपाधिका लागि […]Read More
काठमाडौँ । भारतले महिला टी– २० श्रृंखलाको दोस्रो खेलमा श्रीलंकालाई ७ विकेटले हराएको छ । पाँच खेलको श्रृंखलामा भारतको यो लगातार दोस्रो जीत हो । भारतले श्रृंखलामा २–० को अग्रता बनाएको छ । हिजो विशाखापट्टनममा भएको खेलमा १ सय २९ रनको लक्ष्य पछ्याएको भारतले सेफाली वर्माको अर्धशतकमा ११ ओभर ५ बलमा ३ विकेट गुमाउँदै लक्ष्य […]Read More
काठमाडौँ । एसिसी यू–१९ एसिया कपको उपाधि पाकिस्तानले हात पारेको छ। भारतलाई १९१ रनको फराकिलो अन्तरले पराजित गर्दै पाकिस्तानले जिते हासिल गरेको हो । दुबईमा पहिले ब्याटिङ गरेको पाकिस्तानले निर्धारित ५० ओभरमा आठ विकेट गुमाएर ३४८ रनको लक्ष्य दिएको थियो। जवाफी ब्याटिङ गरेको भारत २६.२ ओभरमा अलआउट हुँदा १५६ रनमा समेटियो। पाकिस्तानका लागि समीर मिन्हासले […]Read More
काठमाडौं – दुवईमा जारी यू-१९ एसिया कपको सेमिफाइनलका दुई खेल आज हुँदैछन्। पहिलो सेमिफाइनलमा श्रीलंकाले भारतको सामना गर्दैछ। दोस्रो सेमिफाइनलमा भने बंगलादेश र पाकिस्तान भिड्दैछन्। भारत समूह ‘ए’को विजेता बन्दै सेमिफाइनल प्रवेश गरेको हो भने श्रीलंका समूह ‘बी’को उपविजेता हो। पाकिस्तन समूह ‘ए’को उपविजेता हो भने बंगलादेश समूह ‘बी’को विजेता हो। प्रतियोगितामा भारत र बंगलादेश […]Read More
काठमाडौं – विश्वकप फुटबलको पुरस्कार राशि बढेको छ। फिफाले अमेरिका, क्यानडा र मेक्सिकोमा २०२६ मा हुने विश्वकप फुटबलको पुरस्कार राशि बढाएको हो। फिफाका अनुसार पुरस्कार राशि ५० प्रतिशत बढेको हो। बढेको राशि अनुसार अब विश्व विजेता टिमले ५० मिलियन डलर पुरस्कार पाउने छन् भने उपविजेताले ३३ मिलियन डलर प्राप्त गर्नेछन्। समूह चरण्णबाट बाहिरिने टोलीका लागि […]Read More
काठमाडौं । साफ क्लब महिला च्याम्पियनसिपमा घरेलु टिम सशस्त्र प्रहरी बलको एपीएफ फुटबल क्लबले आइतबार पाकिस्तानी क्लब कराची सिटी एफसी फुटबल क्लबसँग प्रतिस्पर्धा गर्दै छ । खेलमा दुवै टिम फाइनल छनोटको निम्ति जित्नैपर्ने दबाबमा छन् । तालिकाको दोस्रो स्थानमा रहेको एपीएफले हालसम्म दुई खेल खेल्दा एक जित र एक बराबरीसँगै चार अंक जोडेको छ । […]Read More
काठमाडौँ । लुम्बिनी लायन्सले सुदूरपश्चिम रोयल्सलाई पराजित गर्दै दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) को उपाधि जितेको छ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा आज भएको खेलमा लुम्बिनी लायन्सले गत संस्करणको उपविजेता सुदूरपश्चिम रोयल्सलाई ६ विकेटले पराजित गर्दै उपाधि जितेको हो । सुदूरपश्चिम यस पट्क पनि उपविजेता मै रोकियो । पहिलो संस्करणको फाइन खेलमा सुदूरपश्चिम […]Read More
