त्रिवेणी कप फुटबल प्रतियोगिता आजदेखि बेसीशहरमा

 त्रिवेणी कप फुटबल प्रतियोगिता आजदेखि बेसीशहरमा

काठमाडौँ । लमजुङको बेसीशहरमा आयोजना हुने ३३औँ त्रिवेणी कप राष्ट्रव्यापी फुटबल प्रतियोगिता आजदेखि सुरु हुने भएको छ। प्रतियोगिताका सम्पूर्ण खेलहरू DishHome GO एप र Action Sports HD1 मार्फत प्रत्यक्ष प्रसारण गरिने आयोजकले जानकारी दिएका छन्।

उदघाटन खेलमा सुन्दरबजार एफसी र एपीएफ भिडनेछन । खेल दिउसो २ बजेबाट सुरु हुनेछ ।

प्रतियोगितामा १६ टिमहरू उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन्। विजेताले ट्रफी, मेडल र प्रमाणपत्रसहित नगद १२ लाख रुपैयाँ प्राप्त गर्नेछन् भने उपविजेताले ६ लाख रुपैयाँ पाउनेछ। सर्वोत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता र उत्कृष्ट गोलरक्षकलाई २५–२५ हजार रुपैयाँ, ट्रफी र प्रमाणपत्र प्रदान गरिनेछ। प्रत्येक खेलको ‘म्यान अफ द म्याच’ लाई १० हजार रुपैयाँ र ट्रफी दिइनेछ।

प्रतियोगितामा सहभागि हुने टिमहरूमा एपीएफ एफसी, चर्च ब्वाइज युनाइटेड एफसी, सातदोबाटो एफसी, एनआरटी, श्री भगवती एफसी, सुन्दरबजार एफसी, भानु युनाइटेड, सूर्यपुर चितवन, लमजुङ मर्स्याङ्दी, लालीगुराँस भुजुङ, ठाडाराई समाज, समाज कल्याण, लाङ्दीदेवी नाल्मा, चित्लाङ एफसी, त्रिवेणी युथ क्लब र बुद्ध युवा क्लब रहेका छन्।

आयोजकले सबै खेलप्रेमीलाई निःशुल्क प्रत्यक्ष प्रसारण हेर्न र सम्भव भए बेसीशहरमा उपस्थित भएर खेलको मजा लिन आग्रह गरेका छन्।

आहा नेपाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *