देशभर पश्चिमी वायूको आंशिक प्रभाव, दिनभर तराईमा हुस्सु

 देशभर पश्चिमी वायूको आंशिक प्रभाव, दिनभर तराईमा हुस्सु

काठमाडौं – देशभर पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ । आज तराईका केही भागहरुमा हुस्सु र कुहिरो लाग्नुका साथै गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज दिउँसो तराई भू–भागका अधिकांश स्थानहरूमा हुस्सुरकुहिरो रहनेछ ।

कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत गण्डकी र लुम्बिनी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी पहाडी तथा हिमाली भू–भागमा मौसम मुख्यतया सफा रहने महाशाखाको अनुमान छ ।

त्यस्तै आज राति तराई भू–भागका अधिकांश स्थानहरूमा हुस्सु रहनेछ भने गण्डकी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भू–भागमा आंशिक बदली रही बाँकी पहाडी तथा हिमाली भू–भागमा मौसम मुख्यतया सफा रहनेछ ।

 

आहा नेपाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *