विश्वकपमा श्रीलंकाको दमदार जित, आयरल्यान्डमाथि सहज विजय

 विश्वकपमा श्रीलंकाको दमदार जित, आयरल्यान्डमाथि सहज विजय

काठमाडौं । आईसीसी टी–२० विश्वकपमा श्रीलंकाले विजयी सुरुवात गरेको छ । पहिलो खेलमा आइतबार आयोजक श्रीलंकाले आयरल्यान्डलाई २० रनले हराएको हो ।

पहिलो ब्याटिङ गरेको श्रीलंकाले दिएको १६४ रनको लक्ष्य पछ्याएको श्रीलंका १४३ रन बनाउँदा १९ ओभर ५ बलमा अलआउट भएको हो ।

श्रीलंकाका लागि कामिन्दु मेडिन्सले ४४ रन बनाउँदा कुसल मेन्डिसले अविजित अर्धशतक बनाए । उनले टिमका लागि ५६ रनको योगदान दिए ।

१६४ रनको लक्ष्य पछ्याएको आयरल्यान्डलाई रोक्न श्रीलंकाका लागि हसरंगा र मशि थिक्षाणले समान महत्त्वपूर्ण तीन तीन विकेट लिए । यी दुई बलरले आयरल्यान्डको ब्याटिङ लाइन ध्वस्त पारेका हुन् । यो जितसँगै आयोजक श्रीलंकाले दुई अंक जोडेको छ ।

आहा नेपाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *