निषेधित क्षेत्र छिचोल्दै गेटमा पुगे पूर्वराजाका समर्थक, विमानस्थलमा सुरक्षा व्यवस्था कडा

 निषेधित क्षेत्र छिचोल्दै गेटमा पुगे पूर्वराजाका समर्थक, विमानस्थलमा सुरक्षा व्यवस्था कडा

काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र  शाहलाई स्वागत गर्न उनका समर्थकहरू त्रिभुवन विमानस्थलको गेटमै पुगेका छन्।

काठमाडौं प्रशासनले बिहीबारदेखि लागू हुनेगरी विमानस्थल आसपास निषेधाज्ञा जारी गरेको छ।

पूर्वराजा ज्ञानेन्द्र शाह शुक्रबार झापाबाट काठमाडौं आउँदैछन्।

उनलाई स्वागतका लागि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), दुर्गा प्रसाई नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाउ महाअभियान लगायत विभिन्न राजावादी समूहहरूले विमानस्थलमा उपस्थित हुन आह्वान गरेको थियो।

काठमाडौं प्रशासनले भने निर्वाचनको तयारी तीव्र भइरहेको अवस्था र आचारसंहिता पनि लागू भएको अवस्थामा विमानस्थलजस्तो संवेदनशील ठाउँमा भिडभाड र प्रदर्शन र नाराजुलुसमा घुसपैठ हुनसक्ने भनेर निषेधाज्ञा जारी गरेको थियो।

त्यसका बाबजुद पनि पूर्वराजाका समर्थकहरू त्रिभुवन विमानस्थलको गेटमा जम्मा भएका हुन्।

गेटमा जम्मा भएकाहरूलाई प्रहरीले पन्छाउने प्रयत्न गरिरहेको छ। त्यहाँ विहानैदेखि ठूलो संख्यामा प्रहरीहरू तैनाथ गरिएको थियो।

राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईं पनि विमानस्थल क्षेत्रमा पुगेका छन्।

आहा नेपाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *