ओरालो लाग्दै सुनको भाउ, आज प्रतितोला ३ लाख १ हजार ९ सयमा कारोबार

 ओरालो लाग्दै सुनको भाउ, आज प्रतितोला ३ लाख १ हजार ९ सयमा कारोबार

काठमाडौँ । नेपाली बजारमा आज पनि सुनको मूल्य घटेको छ । सुन तोलामा ९०० रुपैयाँले ओरालो लागेको हो ।

नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला तीन लाख एक हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ ।

यता, चाँदीको मूल्य भने तोलामा २५ रुपैयाँले बढेर प्रतितोला चार हजार ८८५ रुपैयाँमा खरिदबिक्री भइरहेको हो ।

 

आहा नेपाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *